अर्थ-वाणिज्य

आर्थिक-सामाजिक रुपान्तरणमा दुरसंचार क्षेत्रको योगदानमाथि छलफल




कपिलवस्तु २४ माघ।कपिलवस्तुको तौलिहवामा आर्थिक समाजिक रुपान्तरणमा दुर संचार क्षेत्रले पुरएको योगदानका बिषयमा मंगलवार कार्यशाला गरिएको छ । ईनोभेटिभ मिडिया एन्ड मह्लटीपल बिजनेश प्रालि काठमान्डौको आयोजना र नेपाल दुर संचार प्राधिकरण जमल काठमाण्डौको सहकार्यमा कार्यशाला गरिएको थियो । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपालको आर्थिक र सामाजिक विकासमा दुर संचारले उल्लेखनिय भुमिका खेलको बताए ।उनले दुर संचारले प्रदान गर्दै आएको बिभिन्न सेवाहरुले लाखौ सेवाग्राही लाभांबित भएको बताए ।

उनले दुर संचारद्धरा प्रदान गरिएको सेवा सुबिधालाई दुरदराज सम्म लैजानु पर्ने र सेवालाई थप गुणस्तीय र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा दुरसंचारका निर्देशक दिपेश आचार्यले रेट, गुणस्तर र सेवाको पहुचमा बिगतको तुलनामा केही हद सम्म संतुष्टी मिल्ने गरी काम गरेको दाबी गरे । सुधार गर्नु पर्ने अझै रहे पनि सुचना र प्रबिधिको विकासमा अग्रणी संस्थाकोरुपमा काम गर्दै आएको उनले बताए ।शहरी क्षेत्रमा च्वाइसको सुबिधाका कारण तीब्र प्रतिस्पर्धाका कारण सेवाग्राहीले बिस्तारै सेवा सुबिधा राम्रो पाउदै गएको उनले बताए । उनले दुर संचारको सेवाका कारण बिजुलीको बिल, मोबाईल बाटौ रकम ट्रान्र्फर लगायतका सेवा प्राप्त गरिएकाले अहिले जनताहरु लाभान्वित भएको बताए ।

उनले सेवालाई अझ मर्यादीत गुणस्तीय बनाउन आफुहरु लागी परेको बताए ।उनले करोना कालमा समेत सेवा दिएर पठन पाठन तथा अन्य कार्यंक्रम गर्न समेत सजह गरेको बताए । सो अवसरमा तौहिलवा उद्योग बाणिंज्य संघका अध्यक्ष गयादीन कुर्मीले दुर संचार संस्था नाफामुलक मात्र नभै सेवालाई प्रभावकारीरुपमा दिनु पर्ने बताए । उनले सेवा सुबिधाको स्तर बढाउदै दुर संचारले जनताको बिश्वसा जित्ने गरी काम गर्नु पर्ने बताए ।सो अवसरमा प्रालिका सुर्य प्रसाद लामिछानेले दुर संचारले प्रदान गरेको सेवाका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा आर्थिक समाजिक रुपान्तरणमा दुर संचार क्षेत्रले पुरएको योगदानका बिषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थिया । प्रालिका संचालक सिबि खडकाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरण मान बज्राचार्य, सामाजिक अभियन्ता हरिराज शर्मा , अधिकारकर्मी पुष्पा रेग्मी , राजेश ज्ञवाली , गिता अञ्जन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६