खोज–अनुसन्धान

बिद्यालयको गुणस्तर सुधार्न शिक्षकको मेहनत र अभिभावको जागरण आवश्यक :मन्त्री आचार्य




कपिलवस्तु, २४ माघ ।लुम्बिनी प्रदेशका मन्त्री चेत नारायण आचार्यले विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य रहेको बताएका छन् । शिक्षकले निर्वाह गर्ने जिम्मेवारी भन्दा अभिभावकले खेल्ने भूमिका महत्त्वपूर्ण हुने गरेको उनले बताए । शैक्षिक गुणस्तर बढाउन अभिभावकले कहीँ कतै चुक्न नहुने कुरामा मन्त्री आचार्यले जोड दिए ।कपिलवस्तुको विजय नगर गाउँपालिका वडा नम्बर–१, गुगौलीमा आयोजित दूधाधारी नमूना विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई समोधन गर्दै मन्त्री आचार्यले मंगलबार यस्तो बताएका हुन् ।
दुधाधारी माध्यमिक विद्यालयमा अध्ययनका लागि करिब दश किलोमिटर टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै यसै वर्ष नभए आगामी वर्षमा प्रदेश सरकारबाट बस उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले जनाए ।विद्यार्थी घरबाट निस्किन्छ तर विद्यालयसम्म गएको छ रु छैन रु भन्ने कुरामा अभिभावकले ध्यान नदिँदा अनैतिक क्रियाकलापमा फस्ने गरेको आचार्यले बताए । आफ्ना बालबालिकालाई अभिभावकले ध्यान दिंदै शैक्षिक क्षेत्रमा चाँसो राख्न समेत उनले आग्रह गरे ।
यसैबीच संघीय सांसद बलराम अधिकारीले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा शैक्षिकस्तरमा समस्या हुने गरेको बताए । उनले भने, “प्राइभेट भन्दा सरकारी विद्यालयको गुणस्तर टिक्ने र बिक्ने हुनुपर्छ ।”यस्तै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस विद्यालयलाई शैक्षिक प्रतिष्ठानको रुपमा स्थापना गर्नका लागि व्यवस्थापन समिति, शिक्षक र अभिभावकले सशक्त रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए ।
जबसम्म प्रधानाध्यापक लगायत शिक्षकहरुले आफ्नो हो भनी अहोरात्र नखटिएसम्म शिक्षाको विकास हुन नसक्ने सदस्य केसीको भनाई छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिका जिल्लाकै विकट क्षेत्रमा पछिल्लो समय चौतर्फीरुपमा विकास हुँदै गएको बताए । उनले हरेक क्षेत्रको विकासमा प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । यस क्षेत्रमा १३ हजार विद्यार्थी रहेकाले क्याम्पस सञ्चालनको लागि पालिकाले पहल गरिरहेको अध्यक्ष थापाले जिकिर गरे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समितिले आवश्यकता अनुसार निरन्तर लागेको बताए । शिक्षातर्फ मात्र नभई प्राविधिक शिक्षामा अगाडि बढेको उनले बताए । विद्यार्थी हरुको आवश्यकता र चाहना अनुसार प्राविधिक धारतर्फ डिप्लोमा इन्जिनियरिङ्ग कक्षा समेत सञ्चालनमा रहेको अध्यक्ष कोरीले जनाए ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६