पर्यटन

भैरहवा बिमास्थलमा बन्ने नयाँ संरचनाकालागि मन्त्रीले मागे सुझाव



रुपन्देही ६ भदौ । पहिलो चरणको निर्माण कार्य लगभग सकिनै लागेपछि रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माणका लागि तयारी शुरु भएको छ।  पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईले दोश्रोचरणमा निर्माणहुने संरचनाका डिजाइन सार्वजनिक गर्दै सुझाव माग सामाजिक सञ्जालवाट गर्नु भएको छ । 


मन्त्री भट्टराईले सोमबार राष्ट्रिय गौरवका आयोजनाको कार्यालय पुगेर विमानस्थलका डिजाईनहरुको अवलोकन गर्दै काम तीब्र गतिमा अघि बढाउन निर्देशन दिनु भएको थियो ।  उहाले दिएको जानकारी अनुसार  दोश्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ। भवन बनाउने स्थानमा मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ।अहिले संरचना बनिरहेको भन्दा पश्चिमपट्टि बन्ने हो, त्यसका लागि मन्त्रालयको टोली आएर माटो परीक्षण गरेर आइतबार फर्किएको छ, विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीलेवताउनु भयो ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको भौतिक संरचना निर्माण लगभग अन्तिम चरणमा पुगेको छ।


अब विमानस्थलमा केही उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै बाँकी छन्। हालको अवधिमा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीको दाविछ ।  गौतमबुद्ध विमानस्थल सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको कमजोरीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रूपमा प्रगति देखिएको छ। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड  खर्च हुने आयोजनाले जनाएको छ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६