बुटवल, १८ वैशाख । रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राइभरटोल निवासी नेपाली काँग्रेसकी नेतृ मनोरमा शेरचनले दोस्रो चरणको राहात बितरण गरेकी छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व रुपन्देही जिल्ला उपसभापति शेरचनले आफ्नो छिमेकमा रहेका मजदुरहरुका ५१ घरपरिवारलाई सोमबार र मंगलबार दाल, चामल, नुन तेल लगाएका खाद्यान्न बितरण गरेकी हुन् । कोरोना संक्रमणको त्रासले देशमा…