नेपालगञ्ज, १४ बैशाख । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालगञ्ज भन्सारमा राजश्व सङ्कलन प्रभावित भएको छ । पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६÷०७७ को चैत महीनासम्म लक्ष्यभन्दा करीब रु पौने तीन अर्ब कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु ११ अर्ब ५३ करोड सात लाख ७९ हजार…