कपिलवस्तु ६ फागुन । कपिलवस्तु जिल्लाका सबैभन्दा पुरानो हाट बजार गजेहडा हाटबजार अब ब्यवस्थित बन्ने भएको छ । बजारको मूख्य सडक देखी बजारबासीको घर आगनमा साताको बिहिबार लाग्दै बजारलाई ब्यवस्थित बनाउने कार्य शुरु भएको छ । गजेहडा बजारको रुपमा परिचित बिहिबार लाग्ने हाट बजार ब्यवस्थित बन्ने भएपछि स्थानिय खुसी भएका छ । सडक छेउछाउमै लाग्दै आएको हाटबजारले स्थानीयलाई आवतजावत गर्न समस्या हुनुका साथै बजारको दिन सवारी चलाउन समेत चालकलाई समस्या हुदै आएको छ । अब बजारलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न बुद्ध आवाज रेडियो र टेलिभिजन रहेको भवन अघिको खाली जग्गालाई ब्यवस्थित बनाउने काम शुरु भएको छ । स्थानियको मागलाई मध्यनजर गदै बजारलाई व्यवस्थित बनाउन लागिएको नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाइको भनाई छ । अध्यक्ष पछाईले बजारका लागि ५ कठ्ठा जग्गा भाडमा दिनुभएको छ । बाटोमा बजार लाग्दा बाटोमा सवारी मात्रै होईन दुर्घटनाका साथै फोहोर धेरै हुदा बाटोमा भएका घर वस्तिहरुलाई पनि समस्या पर्दै आएको छ । बजारका लागि नागरिक समाज कपिलवस्तु पूर्ब अध्यक्ष द्रोण राज सुवेदी पनि ५ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउनुभएको छ । यस्तै बजारकै लागि स्थानिय तुल्सी पौडेलको पनि ४ कठ्ठा जग्गा भाडामा दिएको र ५ वर्षका लागि कठाको ६ हजारका दरले तीनजनाको जग्गा भाडामा लिएको गजेहडा बजार विकास समितिका अध्यक्ष गोबिन्द प्रसाद ज्ञवालीको भनाई छ ।बाटोमा लाग्दै आएको बजार व्यवस्थि तबन लाग्दा स्थानिय घनस्याम पौडेलले खुसि व्यक्त गर्नु भयो । अहिले बुद्ध आवाज अघि रहेको खाली जग्गालाई व्यवस्थित बनाउन माटो सम्माउने काम ,स्थानियलाई ओहोरदोहोरमा सहज बनाउन भित्री बाटो बनाउने लगाएतका थुप्रै काम भैरहेका छन ।
६ फाल्गुन २०७६, मंगलबार
प्रतिक्रिया