विराटनगर, ८ मङ्सिर कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र रोग प्रतिरोधात्मक औषधिको जथाभावी प्रयोगले समाजमा गम्भीर स्वास्थ्य चुनौती थपिएको बताउनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ का लागि अन्तरमन्त्रालयलगायत सरोकारवाला पक्ष सम्मिलित गोष्ठीको उद्घाटन गर्दै उहाँले सामान्य ज्वरो, रुघाखोकी लाग्दा पनि ‘एन्टिबायोटिक’ औषधि प्रयोग…