कपिलवस्तु, ३१ असोज वन संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा अघि बढाउँदै प्राकृतिक स्रोतको दिगो उपयोग र उपभोक्ताको आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिइएको छ। कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारणसभामा वनको संरक्षण, वैज्ञानिक व्यवस्थापन, वन पैदावारको सदुपयोग र समुदायको जीविकोपार्जनलाई एकसाथ अघि बढाउनुपर्ने विषयले प्राथमिकता पाएको हो। शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा आयोजित साधारणसभामा लुम्बिनी प्रदेशसभा सदस्य…