राँझा (बाँके), २८ असोज दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ । वर्षायाममा केही सुनसान बनेका यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल बढेको छ । चाडपर्वको अवसर पारेर घर फर्किएका स्थानीय, छिमेकी जिल्लाका बासिन्दा र टाढा–टाढाबाट आएका आन्तरिक पर्यटकले होमस्टे भरिभराउ भएको गाभर भ्याली होमस्टेका…