कपिलवस्तु ७ फाल्गुण ।वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणको मंगलबार चौथो करिब १ हजार बढि भक्तजनहरुले प्रवचन श्रवण गरेकाछन । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि आयोजना गरिएको महायज्ञमा दान गर्नेहरुको संख्यमा पनि बढ्दै गएको छ । शान्ताकुञ्ज मधुवनधामको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वलाई प्रचार प्रसार एवंम पर्यटन प्रर्वद्धन गर्दै धामको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ सात दिने महायज्ञ लागेको आयोजकले जनाएको छ । महायज्ञमा प्रमुख वाचक शान्त श्री निवास आचार्य रहनुभएको छ । कार्यक्रममा धामका उपाध्यक्ष सिता पौडेलको अध्यक्षता ,प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको प्रमुख आतिथ्यता ,बाणगंगा वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरी ,कामधेनु गौशला रुपन्देही देबदहका संरक्षक योगि सोमराज बाबा ,मेघराज ज्ञवाली लगाएतको आतिथ्यता रहेको थियो । महायज्ञमा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष गिरीले वडाको तर्फबाट शिब मन्दिर निर्माणका लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । महायज्ञमा बिहान ११ बजे देखि ४ बजे सम्म प्रवचन र साझ ८ बजे देखि १० बजे सम्म भजन कृतन,दैनिक योग अभ्यास लगाएतका कार्यक्रमहरु हुदै आएका छन ।
७ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया