कपिलवस्तु ९ फागुन ।कपिलवस्तुको वाणगंगामा इण्डोनेसियन प्रविधीवाट मत्स्य पालन ब्यवसाय सुरु भएको छ ।पाखेरी खनेरै माछा पालन हुदै आएको नेपालमा प्लाष्टि भित्रै मत्स्य पालन शुरु भएको हो । एकातिर जिल्लामा ब्यावसयिक रुपमा माछा पालन गर्नेको संख्या बढ्दै जादा माछामा आत्मनिर्भर अवस्था देखा परेको छ भने अर्काेतर्फ नयाप्रबिधिबाट ब्यवसाय शुरु भएको छ ।
यसैक्रमा बाणगंगा ८ का कृषक दुर्गा आचार्यले माछा पालन ब्यवसाय फरक किसीमबाट संचालन गर्नुभएको छ । कपिलवस्तु जिल्लामै पहिलो पटक पोखरीमा नभई प्लाष्टिकले वरिपरि घेरि पानी ट्यांकंी निर्माण गरि चप्परगाउँका दुर्गा आचार्यले माछा पालन ब्यवसाय शुरु गर्नुभएको हो । उहाले सामाजिक सञ्जालमा राखिएको माछा पालनगर्ने तरिका र बिधिलाई अनुशरण गर्दै यस्तो फरक खालको ट्याकीनिर्माण गरि ब्यवसाय शुरु गर्नुभएको हो । यस अर्थमा सामाजिक सञ्जालबाट पनि राम्रो ज्ञान लिन सकिने गतिलो उदाहरण कृषक आचार्यले प्रस्तुत गर्नुभएको छ ।
उहाले करिव २ लाखको लगानीमा उक्त ब्यवसाय सुरु गरेको बताउनुभयो । सुरुमा दुईवटा ट्याङकीमा १७ सय माङगुर माछा राखेको आचार्यको भनाई छ ।यस्तै उहाको ब्यवसायलाई छिमेकिले पनि सिको गर्दै शुरु गर्नथालेको छिमेकी पुर्ण श्रेष्ठले बताउनु भयो । थोरै लगानी, कमजमिन र परिवारको जुन सदस्यले पनि गर्न सक्ने देखेपछि आफुले पनि व्यवसाय सुरु गरेको उहाँको तर्क छ ।
यता वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधि भुसालले नयाँ तरिकाले सुरु भएको अत्याधुनिक खालको फिस फार्मिङमा माछाका भुरा छोड्दै यस्ता खालका ब्यवसायलाई स्थानिय सरकारले बिशेष चासो दिने बताउनु भयो । साथै उहाँले वडाबाट सहयोग गर्ने बताउदै यसको सिको अन्य युवाहरुले गर्नु जरुरी रहेको स्पष्ट पार्नु भयो । यो माछापालन बिधि इन्डोनेसियामा अनुसन्धान भई भारत हुदै नेपाल भित्रिएको कृषक आचार्यको भनाई छ । सामान्य तालिम, थोरै लागनी, कम जमिनमा सञ्चालनगर्न सकीने भन्दै यस्ता खालका ब्यवसायमा अरु युवालाई पनि लाग्नउ हाले प्रेरित गर्नुभयो ।
प्रतिक्रिया