अर्थ-वाणिज्य

सुनको भाउ थप महङ्गो



काठमाण्डौ ९ फागुन ।   सुनको भाउ थप महङ्गो भएको छ ।फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ ।अहिले दैनिक १०(१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६