समाचार

कसले गरयो संविधानसभा सदस्यको फेसवुक एकाउण्ट हयाकिङ ?



कपिलवस्तु ११ फागुन कपिलवस्तुवाट संविधान सभा सदस्य रहनु भएका विश्राम प्रसाद चौधरीले आफ्नो फेसबुक एकाउण्ट हयाकिङ भएको वताउनु भएको छ । म्यासेन्जर मार्फत विभिन ब्यक्तिलाई इसेवामा रकम पठाउन भनिएको गुनासो स्वयम चौधरी समक्ष आएपछि उहाले हयाकिङ भएको पत्ता भएको वताउनु भयो ।

       विश्राम थारु नामको फेसबुक एकाउण्टसंग सम्वन्धित म्यासेन्जरवाट  कतिपयसंग रातीको समयमा नम्वर मागेको र कतिपयलाई इसेवामा रकम पठाईदिन भनेको जानकारी आएकोले त्यस्तो कार्य कसले गरेको हो पहिचान गर्न नसकीएको उहाले वताउनु भयो । आफ्नो एकाउण्ट हयाकिङ भएको र सो मार्फत प्रवाह भएका म्यासेजहरु अनाधिकृत भएको भन्दै चौधरीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दृघ नारायण पौडेललाई जानकारी गराएको र छानविनका लागि उजुरी दिने तयारीमा रहेको  प्रेसपाटीलाई जानकारी दिनु भयो । 

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६