कपिलवस्तु १२ फागुन ।नदी जन्य पदार्थ उत्खननमा ठेकेदारको मनपरी हुदै गए पछी नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखाले विज्ञप्ती जारी गरेको छ । केहीदिन यता कपिलवस्तुका विभिन्न स्थानीय तहले लगाएको नदीनालाको ठेक्कामा नियम विपरित ठेकेदार अत्याधिक दोहन भएको गुनासो सामाजिक संजालमा पोखिएका छन । विज्ञप्तीमा जिल्लाको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका अन्तरगत स्थानीय खोलानालामा अनियमित रुपले नदीजन्य पदार्थको निकासी भइरहदा स्थानीय सरकार, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु बेखबर बनेको वताईएको छ । नदीजन्य पदार्थको अत्याधिक दोहन हुदा विपतको जोखिम वढन सक्ने हुदा सचेत रहन र प्राकृतिक स्रोत साधन र वातावरण संरक्षणमा स्थानीय सरकार गम्भिर हुन पनि ध्यानाकर्षण समेत गराएको छ ।
स्थानीय सरकारले नदीनालामा लगाएको ठेक्काको शर्त र सम्झौता विपरित ठेकेदारहरुले तोकेको दररेट भन्दा बढि रकम संकलन गर्नु, चोरी निकासी, खोलानालामा जेसिभि मेसिनको प्रयोग, अनियन्त्रित डम्पिङ्ग र ईआईए भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । सम्झौता विपरित ठेकेदारले गरेका त्यस्ता गैरकानुनी कार्यप्रति जनप्रतिनिधी मुकदर्शक बन्नु जनताको उपहास भएको महासंघका अध्यक्ष डिलाराम भुसालले वनाउनु भयो ।
खोलानालामा पुगी विभिन्न वहानामा पत्रकार भन्दै ठेकेदार तथा तिनका कर्मचारीसंग रकम माग गरेको भन्ने सुन्नमा आएको घटना प्रति महासंघले गम्भिर ध्यानाकर्षण समेत गराएको छ । पत्रकारले रकम माग गरेको भए सम्वन्धित निकायलाई महासंघमा उजुरी गर्न अपिल समेत गरीएको छ । गलत कार्य गर्न जो कसैलाई पनि छुट नभएको हुदा तथ्यमा आधारित भएर रिपोटिङ्ग गर्न समेत महासंघले पत्रकारलाई अनुरोध गरेको महासंघका सचिव हरी अधिकारीले वताउनु भयो ।
प्रतिक्रिया