बाँके १३ फागुन । जानकी गाउँपालिका वडा नंं ६ लाई बालमैत्री वडा बनाउने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन् । लैगिंक मैत्री वातावरण निर्माण गर्नुका साथै बाल विवाह रोकथामका लागि विद्यालय ब्यवस्थापन समितिका सदस्य, विद्यार्थीहरु र अभिभावकलाई नीति नियम बारे अभिमुखीकरण दिईएको छ । श्री नेरामावि विद्यालय ब्यवस्थापन समिति पदाधिकारीले बाल विवाह अन्त्य गर्नका निर्णय गरि ब्यापक गाउँमा प्रचाप्रसार गर्ने प्रबिद्धता जनाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामफेरन गडरियाले बताए । त्यसैगरि प्रहरी चौकी, गनापुरका प्रमुख लिल बहादुर विकले बालविवाहको सूचना प्रहरीलाई पूर्व दिन समेत आग्रह गरे ।सो अभिभावक शिक्षाको सहजीकरण स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे गरेका थिए । स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा सन्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत जानकी गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका बनाउने लक्ष्य राखेको छ । सोही अन्तर्गत जानकी गाउँपालिका सम्पुर्ण वडामा बालविवाह विरुद्धको अभियान सन्चालन भईरहेको छ ।
अभिभावक शिक्षामा सहभागी श्री नेरामाविका प्राधानाध्यापक अयोध्याप्रसाद यादवले नेपालको काुनन सबैले मान्नु पर्ने बताए । साथै सानो उमेरमा विवाह गर्दा शारिरीक तथा मानसकिमा प्रभाव पर्ने बताउनुभयो । सोही वडाका अर्का सहभागी अभिभावक शिक्षक संघका अध्यक्ष सालिकराम हरिजनले वडा स्तरमा गएर सचेतना फैलाउनु पर्ने र नेपालको कानुन बारे स्थानीयहरुलाई ब्यापक जानकारी दिनु पर्ने आवश्यक रहेको बताए । बाल क्लबका अध्यक्ष श्वेता यादवले बालविवाह गर्दा कानुुनी कारवाहीमा जो कोही पनि पर्ने बताईन् । वडा नं।६ का वडा सदस्य रामनरेश मौर्यले नेपालको कानुन सबैले मान्नु पर्ने विचार राखेका थिए । सो अभिभावक शिक्षामा बाल विवाहका रोकथामका उपायहरु बारे अभिभावक तथा शिक्षक र विद्यार्थीहरुहरुलाई जानकारी दिईएको स्याक नेपालका सुपरभाईजर अर्मिला रोकायले बताईन् ।
प्रतिक्रिया