बुटवल १४फागुन l प्रदेश ५ को आन्तरिक मामिला तथा कानुुन मन्त्रालय र प्रदेश १ को सोही मन्त्रालय वीच कानुुन निर्माण र कार्यान्वयन सम्बन्धी अन्तर प्रदेश स्तरीय छलफल भएको छ । सोमवार प्रदेश ५ को कानुुन मन्त्रालयमा भएको छलफलमा आन्तरीक मामिला तथा कानुुन मन्त्रालय प्रदेश ५ का अधिकृत सुुमन पौडेलले प्रसाशनिक बिषयमा जानकारी गराउनुुभएको थियो भने उपसचिव हरिसिङ्ग धामीले कानुुनी बिषय र समग्र मन्त्रालयका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रदेश १ का तर्फबाट आन्तरिक मामिला तथा कानुुन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, उपसचिव कमलबहादुुर थापा र उपसचिव ऋषि पौडेल सहित १५ जनाको टोली प्रदेश ५ मा छलफलमा सहभागी भएको थियो ।दुुई प्रदेशबीच आपसी सम्बन्ध, सहकार्य र कानुुन निर्माणमा भएका बाधा, समस्या र बिबिध बिषयमा छलफल भएको हो । प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका सचिव सहितको टोलीले गण्डकी प्रदेशमा पनि सोही किसिमको छलफल गरेको थियो । सो अवसरमा प्रदेश ५ का उपसचिव हरिसिंह धामीले आगामी दिनमा सबै प्रदेशहरु मिलेर सम्बृद्धीको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया