कपिलवस्तु १४ फाल्गुन । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले सेनेटरी प्याड वितरण गरेको छ । वडा भित्रका निजी तथा सामुदायिक विद्यालयलाई १० हजार थान निशुल्क सेनटरी प्याड वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ११ ले भौतिक विकासलाई मात्र नभई स्थानियको शिक्षा र स्वास्थ्यलाई पनि प्राथामिकता दिदै स्वास्थ्य लगाएतको क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । किशोरीको स्वास्थ्य तथा सरसफाइलाई अभियानकै रुपमा संचालन गर्ने आर्यलले बताउनुभयो । प्याड वितरण गर्दै वडा अध्यक्ष अर्यालले किशोरीको स्वास्थ र सरसफार्इ लाई विशेष ख्याल गर्दै अगाडि बढ्न सकेमा मात्रै सफल हुने बताउनुभयो । वडाले महिनावारी सरसफाइ कार्यक्रम अन्तरगत विद्यालयलाई प्याड वितरण गरेको हो ।
१४ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया