अर्थ-वाणिज्य

दलित सेवा समाजको आठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन



 कपिलवस्तु  १५ फागुन । वाणगगा दलित सेवा समाजको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेश सम्पन्न भएको छ । बाणगंगा नगरपालिका नगरप्रमुख मंगल प्रसाद थारुले समृद्ध नगर बनाउन हरेक भाषा, सस्कृति, रितिरिवाज र चालचलनको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । दलित समुदायको जिबनस्तर उकास्न र दलित महिलालाई आत्मनिर्भर बनाउन नगरले सधै सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।

        गत आर्थिक वर्षमा विभिन्न तालिमका लागी बजेट बिनियोजन गरेको बताउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने वताउनुभयो । दलित सेवा समाजका अध्यक्ष कृष्ण बहादुर विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गदै   स्थानिय स्रोत र साधनको सहि परिचालन गर्ने,सम्पर्क र समन्वयमा विस्तार , दलितहरुको उन्नती र प्रगतिको लागी निरन्तर काम गर्ने, शुसासनयुक्त समाजको निर्माण गर्ने लक्ष्य रहेको  बताउनुभयो । 

      संस्थाले दलित महिलालाई सिलाईकटाई तालिम, मेसिन खरिदमा सहयोग गरि दलित महिलालाई आत्मनिर्भर बनाउने, छुवाछुत मुक्त समाज निर्माणका लागी विभिन्न कार्यक्रम गर्दै समेत बताउनु भयो । कार्यक्रममा  आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुमन वि कले र सचिव कमल वि क ले प्रगति प्रतिवेद प्रस्तुत गदै  आगामि योजनाको बारेमा बताउनु भएको थियो ।

            कार्यक्रममा वाणगगा नगरपालिका वर्डा न १ अध्यक्ष बालकुमारी पन्त , वर्डा न ५ का वडा अध्यक्ष भिष्मराज भुषाल , स्वास्थ शाखा प्रमुख ठगराज पौडेल,  भुपू शौनिक खानेपालिका अध्यक्ष राजेन्द्र विक्रम शाह, वाणगंगा नगरपालिका सुनचादी व्यवसायिक संघका अध्यक्ष दिलवाहादुर खाती लगायतले कार्यक्रममा बोल्दैे समाज रुपान्तरण गर्न समाजका हरेक क्रियाकलापमा हरेक जातिको सक्रिय सहभागिता हुनु पर्ने औल्याउनु भयो ।दलित सेवा समाजका अध्यक्ष कृष्ण बहादुर विश्वकर्मा को अध्यक्षता, सस्थाका उपाध्यक्ष हरिकला नेपालिको स्वागतमा भएको कार्यक्रमको सन्चालन सचिव कमल बिकले गर्नुभएको थियो । 

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६