बाँके २३ फागुन । साईबर अपराधबाट बच्नको लागि विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी रहेको किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा न ५को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर सन्जाल मार्फत लेख प्रकाशन प्राविधिक तालिममा सो कुरा बताएका हुन् ।सो तालिममा नरैनापुर गाउँपालिकाका वडा नं। ५ का किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं ५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर त्रिभुवन यादवले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको बताए ।नरैनापुर गाउँपालिका वडा नं।५ का सहभागी किशोरी चन्दा शर्माले आफूले यस तालिममा साइबर अपराध भनेको के हो रु साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।
२३ फाल्गुन २०७६, शुक्रबार
प्रतिक्रिया