कपिलवस्तु २५ फागुन । लुम्विनी साझेदारी बन ब्यवस्थापन समितिका सदस्य सचिव एवम सहायक बन अधिकृत धनिश्वर न्यौपानेले स्थानीय सरकार र साझेदारी बन एकाकार हुनु आवश्यक रहेको वताउनु भएकोछ । उहाले स्थानीय सरकारले बन विकास र वाताबरणको नीति तर्जुमा गर्ने र उपभोक्ताको हीतमा लागु गर्ने ठाउ स्थानीय बनहरु नै भएकाले यी दुई बीच सिधा तालमेल भएमा विकास निर्माण सिघ्र हुने वताउनु भएको छ ।
उहाले स्थानीय तहले साझेदारी बनसंग नजिकवाट ब्यवहार गर्ने वाताबरण बन्नु पर्ने औल्याउनु हुन्छ । बनजंजल क्षेत्र भित्र डम्पीङ साइट बनाउने , विभिन्न सार्वजनिक पार्क र खेलकुद मैदान बनाउने जस्ता कतिपय सवालमा स्थानीय सरकार र साझेदारी बन बीच सोचाईमा फरकपन देखा परेको वताउदै असमझदारी हटाउनु पर्ने उहाको भनाइछ ।
यता लुम्विनी साझेदारी बन क्षेत्रमा जमानादेखि वन कब्जा गरेर बसेकाहरु उठ्नु पर्दा बिरोध भएपनि अरु हिसावले स्थानीयको साथ समर्थन मिलेको उहाको तर्कछ । वनबाटै समृद्धि हासिल गर्न र वन स्रोतको दिगो सदुपयोग गर्न वनको बैज्ञानिक ब्यवस्थापन लागु भएको उहाको भनाइछ
बैज्ञानिक बन ब्यवस्थापन लागु हुदाँ वन ब्यवस्थापनका लागि कम्पार्टमेन्ट सब कम्पार्टमेन्ट निर्माण हुने , आगोलागीवाट वचाउन फायरलाईन निर्माण हुने ,बाक्लो संग उम्रिएका विरुवा पातलो पार्न थिनिङ्ग गरिने , वोट विरुवा नभएका ठाउमा पुर्नरुत्पादन गरिने र ,ढलपाडा रुखलाई संकलन गरेर काठ दाउराको रुपमा उपभोक्तालाई उपलब्ध गराउने गरेवाट यतिबेला साझेदारी बन सबैको मनमनमा बस्न सकेको उहाले दावि गर्न भयो ।
प्रतिक्रिया