काठमाडौं । सुतिरहेका बेला पत्निले पतिकाे अनुहारमा तेजाव प्रहार गरेकी छन् । काठमाडाैंकाे बालाजुमा साेमबार राति १२ बजे २७ वर्षीय पतिमाथि पत्नीबाट नै तेजाव प्रहार भएकाे हाे ।
घटनालगत्तै अनुसन्धान थालिएको भन्दै महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।
प्रहरीले रामराजामाथि तेजाब छर्ने अरु कोही नभएर पत्नि भएको आशंका गरी रामराजाकी पत्नी प्रतिमा थापालाइ प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुबीच ६ वर्षअघि विवाह भएकाे थिए । उनीहरूकाे एउटा बच्चा पनि छ।
साभार जनता समाचार बाट
प्रतिक्रिया