कपिलवस्तु २९ फागुन ।कपिलवस्तुको सर्वाेच्च शिखर शिवगढी नजिकको रमुवादहको अवलोकन गर्दै पूर्व सभामुख कृष्णबहादुर महराले साम्राज्यवादी विदेशी शक्ति र तीनका स्वदेशी दलालले तानावाना बुनेर ध्वस्त वनाउने गरी फसाएको भएपनि आफूले अदालतवाट न्याय पाएको दावि गर्नु भएको छ । राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर आफुलाई फसाउन खोजिएको बताउनुभयो । गृह जिल्ला दाङ पुगेर फर्कर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा कार्यक्रता सगँको भेटमा महराले अदालतले सफाई दिएकोले यसको श्रेय आमनागरिकमा जाने बताउनुभयो । दाङ रोल्पाका सबै ठाउँमा पुगेको बताउदै कपिलवस्तुको शिवगढीवासीहरु सँग २८ वर्ष पछी पहिलो पटक भेट हुदाँ खुसी भएको बताउनुभयो । रमुवादहका स्थानियहरुले महरा र उहाँकी धर्मपत्नीलाई माला लगाएर स्वागत गरेका थिए ।
निर्वाचन क्षेत्र तथा अन्य स्थानका आम नागरिकहरुले अपार माया पाएको बताउँदै जनताको हित विपरीत कुनै कदम नचाल्ने प्रतिबद्धता जनाउनुभयो । “मलाई राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो ”उहाँले भन्नुभयो “म माथि झुटो आरोप लगाइयो, ।” उच्च अदालतले निर्दोष सावित गरेपछि आफ्नो घर परिवार र आफन्तजन संगको भेटघाटमा व्यस्त रहेनुभएका महरा शिवराज ९ शिवगढीमा आफ्नो फुफु फुपाजुसँग भेटघाट गर्नुभएको छ । लामो समयदेखी शिवगढी आउन ईच्छा रहेको भएपनि कार्यव्यस्तताले आउन नपाएको जनाउदै लामो समय पछि आउँदा पनि जनताले गरेको माया प्रति आफु कृतज्ञ भएको बताउनुभयो । रोल्पा, प्यूठान बाट बसाईसराई गरी आएकाहरुको बाहुल्यता भएको शिवगढीमा विकास निर्माणमा आफुले विशेष ध्यान दिने उहाँले बताउनुभयो । शिक्षा स्वास्थ्य रोजगार लगाएतका विषयमा विकास गर्न आवश्यक रहेकोले विकासमा फड्को मार्नुपर्ने बताउनुभयो ।
तिन महिना सम्म आफु जेलमा रहँदा दश हजार जना भेट्न आएको बताउनुभयो । जेलमा रहँदा धेरै जन सर्मथन पाएको भन्दै राजनितिक विषयलाई लिएर आफुलाई फसाउन शक्ति लागेको बताउनुभयो । पूर्व सभामुख महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढा मगर, नेकपा शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुन ,जिल्ला सचिवालय सदस्य मिना परियार, वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्का लगायत नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
प्रतिक्रिया