कपिलवस्तु ३० फागुन ।वाणगंगा नगरपालिका वडा नं ५ ले किसानहरुलाई बिउबिजन तथा किसानलाई आवश्यक सामग्री बितरण गरेको छ । वडाले किसानलाई दुई दिने तरकारी खेती तालिम, बीउ बिजन एवं गर तथा तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत मटेरियामा दुई दिन तालिम गरेको थियो । उक्त कार्यक्रममा बीउ बिजन, जिङ्क, हजारी, प्लास्टिक मल्चिङ, किटनासक जालो लगाएतका सामग्री किसानलाई प्रदान गरिएको वडा अध्यक्ष भिष्मराज भुषालले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
व्यवसायिक किसानलाई आधुनिक खेती गर्न सिकाई उनीहरुलाई आवश्यक पर्ने सामग्री बितरणले कृषकको हित हुने उहाँले स्पष्ट पार्नु भयो । तालिममा विशेष गरि तरकारी कसरी लगाउने , रोग नियन्त्रण कसरी गर्ने लगायतका विषयको जानकारीले किसानहरु थप उत्साहित बनेको कार्यालयका सचिव दिपक पाण्डेले जानकारी दिनु भयो । वडावासीलाई सरकारको महसुस हुने गरि वडाले काम गरेको समेत उहाँले प्रष्ट्याउनु भयो ।
प्रतिक्रिया