ब्रेकिंग न्युज

कोरोनाबारे बुझ्न १११५ मा निशुल्क फोन गर्न सकिने



फागुन ३०, २०७६ शुक्रबार, कोरोना भाइरस (कोभिड–१९ं) बारे १११५ मा फोन सम्पर्क गरी जानकारी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे जानकारी दिन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिने व्यबस्था मिलाएको हो।


महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभयो । यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको र कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिने निर्देशक पाण्डेले जनाउनुभयो । महाशाखाले उपलब्ध गराएको १११५ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । 

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६