ब्रेकिंग न्युज

देशैभर बादल र पानी : आगामी २४ घन्टा सतर्कता अपनाउन अनुरोध



फागुन ३०, कपिलवस्तु, पश्चिमी भू-भाग लगायत मध्येका धेरै स्थानहरू र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार  आगामी २४ घण्टा सम्म देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनी रहेको छ ।

         यसैबिच शुक्रबार देशैभरको मौसम प्रभावित भएको छ। यसको मुख्य कारण पश्चिमी न्यून चापीय प्रणाली मानिएको छ । बिहीरबार पश्चिम नेपाल हुँदै नेपाल पसेको उक्त प्रणालीले अहिले पश्चिम नेपालका कपिलवस्तु र आसपासका क्षेत्रमा छिटफुट पानी पर्नुका साथै  देशभर बादल देखिएको छ भने बिभिन्न जिल्लामा पानी परिरहेको छ । महाशाखाका अनुसार प्रिमनसुनी गतिविधि सुरू हुनुका साथै पश्चिमी वायु पनी आएको कारण पश्चिमी भागमा हावाहुरीसँगै वर्षा भइरहेको हो ।हिउँद सकिएपछि नेपालमा प्रिमनसुनी गतिविधि हुन्छन्। यो अवधिमा बिहान घामलागे सँगै सतहको वायु तातेर माथि जाने र अपरान्हपछि सानो ठाउँमा हावाहुरी र असिना पानी पर्ने हुन्छ।

         महाशाखाका अनुसार शुक्रबार  दिउँसोः देशभर सामान्य बदली रहने  छ । पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागलगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ।

      यसैगरी शनिबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। शनिबार राती देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ।

           त्यस्तै आईतबार दिउँसो देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।भने  राती देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६