ब्रेकिंग न्युज

साउदी अरब गन्तव्यको उडान स्थगित



कपिलवस्तु २ चैत्र । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगित गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगित गरेको जनाएको हो । कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ । उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो  ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ । कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगित गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान स्थगित गर्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ । त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम  नेपाल एयरलाइन्स ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६