कपिलवस्तु ३ चैत्र ।कपिलवस्तुको महाराजगंज नगरपालिकाका मेयर अव्दुल कलामले मनपरी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ज्ञापनपत्र पेस गरेको छ । आईतवार नेकपा नगर अध्यक्ष विजय जयसवालले निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम लेखा अधिकृत दिलिप कुमार शिंहलाई ज्ञापन पत्र बुझाउनु भएको हो । वृद्धभत्ता वितरण नगरेको , शिक्षा ऐन वनाउदा मनपरी ढंगले पारीत गरेको, आफ्ना पार्टीका कार्यक्रर्तालाई कर्मचारीको रुपमा भर्ना गरेको , उपभोक्ता समितीमा आफ्ना कार्यकर्ता राख्न अरुलाईृ सुचना नदिएको र नगरपालिकालाई पार्टी कार्यलय जस्तै बनाइएको नेकपाको आरोप लगाएका छन ।
लामो समयवाट प्रमुख प्रशासकिय अधिकृत विहिन भई नगरपालिकाका कार्यक्रम अवरुद्ध भएको हुदा ज्ञापनपत्र माफत ध्यानर्षण समेत गराएको छ । चाडै समस्या समाधान गर्न सरोकार वाला निकायसंग पहल समेत गरेको वताईएको छ ।
प्रतिक्रिया