प्रदेश

लागू औषधको जालोमा प्रहरीको स्क्यानिङ्ग ? फागुन महिनामा मात्रै ५३ पक्राउ



कपिलवस्तु ५  चैत । लागू औषध कारोबारीहरुका लागि सहज मानिदै आएको कपिलवस्तुमा एक महिना यता भने अवरोध सिर्जना भएको छ । कपिलवस्तुलाई ट्रान्जिट प्वाइन्ट बनाएर लागू औषध कारोबार गर्नेहरु यतिखेर समस्यामा परेका छन् ।  लागू औषध कारोबारी तथा सेवनकर्ता विरुद्ध विशेष अभियान चलाएको कपिलवस्तु प्रहरीले १ महिनामै उल्लेख्य सफलता हात पारेको छ । खुला भारतीय सीमाना, मुख्यबजार कृष्णनगर, मर्यादपुर र स–साना नाकाहरुबाट हुने गरेका लागु औषध कारोबार १ महिनामै नियन्त्रणमा आएको प्रहरी दाबी छ । फागुन यता प्रहरीले लागू औषधको ट्रान्जिट योजनाबद्ध ढंगले भत्काउदै गएको दाबी गरेको छ । 

      जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साउन महिना यता हाल सम्म ७२ जना लागू औषध कारोबारीतथा सेवनकर्तालाई पक्राउ गरेको छ । जस मध्ये फागुन महिनामा मात्रै ५३ जना ठूलो परिमाणमा लागू औषध सहित पक्राउ परेका हुन् ।  चैत २ गते थप ३ जना पक्राउ परेका छन् । प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लका अनुसार फागुन महिनामा मात्रै प्रहरीले पश्चिमी क्षेत्रबाट १३ केजी चरेश सहित ३ महिला सहित ४ जनालाई पक्राउ गर्यो । लगत्तै चैत २ गते १

     ८ किलो चरेश सहित चन्द्रौटाबाट ३ जना पक्राउ परे । भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा फागुन पहिलो साता २७ ग्राम खैरो हेरोइन सहित ३ जनालाई गोरुसिंगे बाट पक्राउ गरिएको छ । भारतीय बजारबाट नेपाल ल्याउने क्रममा कपिलवस्तु प्रहरीले फागुन ६ गते देखि २३ गते सम्ममा मात्रै नाइट्राभेट, स्पास्मो, फेनारगन, नुफिन,क्लोनोपेक्स र ट्रामाडोल सहित ४० जना पक्राउ परेका छन् । 

       साम्प्रदायिक खलल तथा अपराधिक गतिविधि नियन्त्रण तर्फ लागेको प्रहरी १ महिना यता लागू औषध नियन्त्रण तथा कारवाहीमा खटिएको छ । प्रहरी उपरिक्षक दीप शमशेर जबराले जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता भएका कारण सुरुमै यसमा ध्यान जान नसकेको बताउनुभयो । अहिले हामी विशेष समूह बनाएरै यसमा लागेका छौ, प्रारम्भिक चरणमा सफलता मिलेको छ, थप ठूला गिरोहका संजाल खोज्दै छौ उहाले भन्नुभयो । जिल्लामा सुरक्षा र सामाजिक विषयमा थुप्रै चुनौति रहेको र यस मध्ये लागू औषध महत्वपूर्ण समस्या रहेको बताउनुभयो । लागू औषध सहित पक्राउ पर्नेहरु कारोबारी भन्दा पनि सेवनकर्ता र भरिया रहेको पाइएको प्रहरीको भनाई छ । “हामीले पक्राउ गरेकाहरु मध्ये अधिकांश १८ बर्ष देखि २६ बर्षका युवाहरु छन् ” डिएसपी सुनिल मल्लले भन्नुभयो । कुलतमा फसेर रकम अभाव भएपछि ओसारपसार गर्ने ,विक्री गर्ने लगायतका काम गर्दै आएको अनुसन्धानबाट खुल्न आएको उहाले बताउनुभयो । 

        भारतमा सहजै पाइने र नेपालमा लागूऔषधको रुपमा प्रतिबन्धित गरिएका औषधी सहित ब्राउन सुगरको नेपाल तर्फ कारोबार हुने र चरेश, गाँजाको भारतमा निर्यात हुने गरेको छ । विशेष गरि शिवगढी बाट विजयनगर हुदै ठकुरापुर, कृष्णनगर बाट भारतमा चरेश जाने गर्दछ भने , भारतको बाराबंकी, तुल्सीपुर, गोण्डाबाट ब्राउन सुरग तथा बढनी, खुनुवा, चाकरचौडा नाकापारीबाट नाइट्राभेट, स्पास्मो, फेनारगन, नुफिन,क्लोनोपेक्स र ट्रामाडोल, कोरेक्स लगायतका प्रतिबन्धित औषधीहरु नेपाल ल्याउने गरिन्छ ।

          कपिलवस्तुमा ल्याइने लागूऔषधहरु अर्घाखाँची हुदै गुल्मी, पाल्पा, स्याङ्जा हुदै पोखरा सम्म जाने गरेको प्रहरी श्रोतको भनाई छ । लागू औषधको बढ्दो कारोबार तथा ओसारपसार नियन्त्रणका लागि भारत तथा नेपाल दुबै देशका सुरक्षा समितिको प्रत्येक वैठकमा ऐजेन्डा र प्रतिबद्धता हुने गरेपनि पूर्ण रुपमा नियमन भने हुन सकेको छैन । लागू औषध कारोबार नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयासले गर्न नसकिने बताउदै प्रहरी उपरिक्षक जबराले समुदाय, परिवार तथा सरोकारवालाहरुले पनि यसबारे प्रयाप्त जानकारी, सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो । ठूला सीमानाका तथा मुख्य राजमार्ग मात्र नभई अब सहायक नाका तथा भित्री सडकहरुमा समेत लागू औषध नियमन अभियान चलाइने प्रहरीले जनाएको छ । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६