कपिलवस्तु ५ चैत ।पढाउने बेलामा शिक्षकले कस्तो गरेकाछन् ? लापरवाही गरेकाछन् की छैनन् भन्ने ख्याल नगर्ने तर परीक्षा लिदा आवश्यक्ता भन्दा बढी कडाई गर्ने विद्यमान शैक्षिक प्रशासनिक शैलीका कारण कपिलवस्तुमा एक बालिकाले ज्यान गुमाएकीछन् ।कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत एक विद्यार्थीले आत्महत्या गरेकी हुन् ।
प्रधानाध्यापक मुक्ति पोख्रेलले नगरपालिकावाट टोली अनुगमनमा आएको आफूले जानकारी पाएपनि सो दिन तौलिहवामा भएको एक कार्यक्रममा गएकाले टोलीमा कोको थिए जानकारी नरहेको वताउनु् भयो । उहाले ती वालिका गोरखावाट पारिवारीक बसाई सराईका क्रममा गतवर्ष मात्र यहा आएको र कक्षा ८ वाट पढाएकाले उनको विगतवारे कुनै जानकारी नभएको वताउनु भयो । अनुगमन टोलीले गाइड भेटाएछ केहिछिन वाहिर निकालेछ कपि खोसेछ तर वालिका रोएपछि कपि फिर्ता दिएर टोली गएछ भन्ने जानकारी आफूले पाएको उहाले वताउनु भयो ।
यता परिक्षा चलेका वखत विद्यालयमा रहनु भएका सहायक प्रअ शैलेश कुमार गुप्ताले अनुगमन टोलीमा शिवराज नगरवाट ३ जना आएको वताउनु भयो । उहाले शिक्षा शाखाका प्रमुख लोकराज पन्थीलाई चिनेपनि अरु २ जनालाई नचिनेको वताउनु भयो । मेयर उपमेयर आएका थिएनन् कर्मचारीलाई मैले चिनेन उहाले भन्नु भयो । चिट खोस्दा वालिकामा मनोबैज्ञानिक दवाव परेको हुन सक्छ वालिका सोझी थिइन त्यही भएर यस्तो घटना घट्यो होला उहाले भन्नु भयो । यताशिक्षा शाखा प्रमुख लोकराज पन्थीको प्रतिकृया लिन खोज्दा उहा टेलिफोन संपर्कमा रहनु भएन् ।सो मावि एक समय नमुना विद्यालय मानिन्थ्यो।
चैत ३ गते पेशा व्यावसाय विषयको परिक्षा दिदै गर्दा अनुगमन टोलीले चिट खोसेपछी विद्यालयको बदनाम भएको कारण आत्महत्या गरेको सुसाईड नोट लेखेको भेटिएको हो ।शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा विकले आत्महत्या गर्नुको कारण आफुले विद्यालयको बदनाम भएको कारण माफि माग्न लाएक नभएको पत्रमा लेखिएको छ । मंगललवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकले एक साथिमार्फत पत्र दिएर प्रध्यानाध्यापकलाई बुझाई माफि मागिदिन अपिल गरेकी छिन् ।
“मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेखछ । चिट भटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए । उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि छिन् । अनुगमनको घटना चैत्र ३को हो वालिकाको मृत्यू चैत्र ४मा भएको हो ।
प्रतिक्रिया