काठमाडौं, ६ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधनप्रति समवेदना व्यक्त गर्दैे शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि सर्वोच्च अदालतको पूर्ण बैठकले श्रेष्ठको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । श्रेष्ठ उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।
प्रतिक्रिया