एजेन्सी, ७ चैत । निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई भारतमा फाँसी दिईएको छ । भारतीय समयअनुसार आज बिहान साढे ५ बजे मिनेटमा दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको संचारमाध्यमहरुले जनाएका छन् । निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसीको सजाय दिईएको हो ।
सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् । सन् २०१२ डिसेम्बर १६ को राती केन्द्रीय राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र निर्भयाको सामूहीक बलात्कार भएको थियो । निर्भयाकी आमाले लामो समयसम्म न्यायका लागि लडाँइ लडिएको भन्दै आज दोषीलाई फाँसी दिईएपछि आफ्नो धर्म पूरा भएको बताएकी छिन् ।
प्रतिक्रिया