अर्थ-वाणिज्य

प्रदेश मातहतमा आएपछि जनता आवास कार्यक्रम प्रभाबकारी बन्दै,२ बर्षमा ३२ सय आवास निर्माण गर्ने लक्ष्य



कपिलवस्तु ९ चैत्र । अवको ४ वर्ष भित्र अर्थात वि.स २०८० सालसम्म सबै नेपालीलाई आवास उपलब्ध गराउने लक्ष्यका साथ सरकारले आ.व. ०६६/६७ बाट शुरु गरेको जनता आवास कार्यक्रमको प्रदेश ५ मा प्रभाबकारी रुपले अघि बढिरहेको छ । आर्थिक बर्ष २०७५/७६ देखि जनता आवास कार्यक्रमलाई प्रदेश सरकार मातहतमा राखिएको छ । २० लाख नयाँ घर बनाउदै घरवार विहिन विपन्न र दलितलाई आफ्नै घरमा राख्ने सरकारको योजना रहेको छ ।

        यसैअनुरुप प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा १९ सय १८ घर निर्माण गर्ने भएको छ । प्रदेशका १२ जिल्लामा उक्त कार्यक्रम अन्तरगत विगतदेखि स्थायीरूपमा बसोबास गरेका दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदायका विपन्न वर्ग लक्षित गरी कार्यक्रम ल्याएको हो । अहिले मुलुकको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ३४ लाख ५८ हजार मानिस घरवार विहीन अवस्थामा रहको राष्ट्रिय तथ्याङकले देखाएको छ ।

            सर्बप्रथम ०६६/६७ बाट कपिलवस्तु , सिरहा र सप्तरी गरि ३ जिल्लाबाट यो कार्यक्रम सुरु भएको हो । प्रदेश ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु वर्षमा १२ जिल्लामा १९ सय १८ घर निर्माण गर्न ७५ करोड १४ लाख संघबा शसर्त अनुदानको रुपमा पाएको छ । यस्तै प्रदेशमा गत बर्षका १२ सय ९६ घर निर्माणधिन अवस्थामा रहेका छन । हालसम्म १२ जिल्लामा गरि ४ सय भन्दा बढि घर निर्माण भईसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । गत बर्ष र यसबर्ष गरि प्रदेशभरि ३२ सय १४ घर निर्माण गर्ने लक्ष्यमा रहेका छन । यसबर्षगत बर्षका निर्माण हुन बाकी रहेका घरहरुमध्ये ८० प्रतिशत सम्पन्न हुने ईन्जिनियर चुडामणी गौतमले जानकारी गराउनुभयो ।

            चालु आर्थिक वर्षमा १२ जिल्ला मध्ये सबैभन्दा बढि बाकेमा २ सय ६५ र दाङमा २ सय ६७ घर निर्माणका  लागि माग पेश भएको छ । प्रदेश सरकारलाई संघले जिम्मेवारी हस्तान्तरण गरेसँगै जनता आवास कार्यक्रमको कार्य्िवधी बनाई प्रदेशले संचालन गरिरहेको उहाको भनाई छ । प्रत्येक घर निर्माणका लागि प्रदेश सरकारले ३ लाख ५० हजारका दरले बजेट छुटउदै आएको छ । इन्जिनियर गौतमका अनुसार जनता आवास कार्यक्रमका लागि सबै जिल्लाको सर्भे गरि अवस्था बुझी घर निर्माणको प्रक्रिया अघि बढ्ने गरेको बताउनुभयो । भुक्तानी प्रक्रिया चार चरणमा गरिने छ । पहिलो किस्तामा २५ प्रतिशत, दोस्रो किस्तामा ३० प्रतिशत, तेस्रो किस्तामा ३५ प्रतिशत र चौथा किस्तामा १० प्रतिशत रकम भुक्तानी गरिने छ 

यसैबिच कपिलवस्तुमा पनि जनता आवास कार्यक्रम प्रभाबकारी रुपमा अघि बढि रहेको छ । यस बर्ष जिल्लामा १ सय ९३ वटा घर निर्माण गरिने लक्ष्य राखिएको छ । गत बर्षमा १ सय ६२ घरमध्ये हालसम्म १ सय ६१ घरमा छाना राखि सम्पन्न भएको छ । बुद्धभूमि वडा नं ६ मा जग्गा विवाद आवास निर्माणको काम रोकिएको छ । जिल्लामा यसबर्ष ३ निर्वाचन क्षेत्रमा आवास निर्माणको काम शुरु भईसकको छ ।

        प्रत्येक निवाचन क्षेत्रको क मा २५ वटा र ख मा २६ वटा आवास निर्माणका कार्य अघि बढिरहेकको फिल्ड सुपरभाईजर जर्नादन पराजुलीले जानकारी दिनुभयो । प्रत्येक आवास निर्माणका लागि ३ लाख ३६ हजारका दर ४ किस्तामा रकम दिदै आएको उहाको भनाई छ । जिल्लामा संघबाट आएको जनता आवास कार्यक्रम मार्फत करिब ९ सय घर निर्माण भईसेकेको जनाईएको छ । यता घर निर्माण हुनेपछि कार्यक्रम अन्तगर्त परेका दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदायका विपन्न वर्गहरु हर्षित भएका छन । 

प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६