अर्थ-वाणिज्य

सिभिल बैंकको शाखा कपिलवस्तुको जितपुरमा



कपिलवस्तु १० चैत ।क बर्गको सिभिल बैँकले आफ्नो नया शाखा कपिलबस्तुको जितपुरमा बिस्तार गरेको छ । सोमबार बाणगंगा नगरपालिकाका नगर प्रमुख मङ्गल प्रसाद थारुद्धारा शाखाको उद्धघाटन गरिएको हो । बैँकको सोमबार जितपुरमा उद्धघाटन भएको शाखा देशभरमा ११३ औ र ५ नं. प्रदेशको १६ औ शाखा हो । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को जोखिमको त्रास उद्धघाटन कार्यक्रममा समेत देखिन्थ्योे । शाखाको उद्धघाटन गर्न आउनुभएका नगर प्रमुख थारुले कुनै मन्तव्य त दिनुभएन । तर बैकंका कर्मचारी र संचारकर्मीहरु सँगको कुराकानीका क्रममा बैँकलाई उहाले नगर क्षेत्रमा स्वागत र व्यावसायिक लक्ष प्राप्तीको शुभकामना दिनुभयो भने अधिकाशं समय कोरोना छलफलमै खर्चनुभयो । 

                           बैँकका प्रदेश नं. ५ प्रमुख किरण धमलाले प्राईभेट बैँक नाफामुखी भएतापनी सिभिल बैकंले कम नाफामै सेवाग्राहीलाई सके सम्म सेवा सुविधा प्रदान गर्ने दिर्घकालिन योेजना अनुरुप अघी बढेको बताउनुभयो । बैकंहरुको अस्वस्थ प्रतिप्रधार्का कारण सेवाग्राही झन मर्कामा परेको भन्दै उहाले भन्नुभयो “हामी ग्राहक झुक्याउने बैंक भन्दा फरक छौ ।”अधिकाशं बैँकहरुको सँख्या भएको जितपुर क्षेत्रमा फेरी अर्को बैकँ किन भन्ने सँचारकर्मीको प्रश्नमा जितपुर शाखाका शाखा प्रबन्धक लेखनाथ अधिकारीले बैँकले प्रदान गर्ने सरल र निश्पक्ष सेवा, सेवाग्राहीको सहज पहुच, सरल कर्जा, सम्बन्ध विस्तार लगायतको उत्तर दिनुभयो । शाखा उद्धघाटनकै अबसर पारी बाणगँगा २ बैजलपुर स्थित पञ्च आधारभुत बिद्यालयमा १ थान कम्प्युटर हस्तानान्तरण गरिने अधिकारीले जानकारी दिनुभयो । उद्धघाटन कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, नगरपालिकाका सुचना प्रबिधि अधिकृत सम्राट रेग्मी समेतको उपस्थिती थियो । २०६९ सालमा स्थापना भएको यो बैकंँको काठमाडौँको सुन्धारामा प्रधान कार्यालय रहेको छ । 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६