अन्तर्राष्ट्रिय

कोरोनाबाट विश्वभरि १६ हजार ५५८ को मृत्यु



जेनेभा, ११ चैत  विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख  ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिमा एक लाख दुई  हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । यस भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार  १७१ जना सङ्क्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ७३  हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । 

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार सात हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् । सात हजार ८३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४७० जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । 

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना सङक्रमित भने, २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८६० जनाको मृत्यु भएको छ ।  मङ्गलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७९६ सङ्क्रमित रहेका छन् भने २ हजार २०० उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४१० सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५०७ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ ।  आठ हजार ५४४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भएको छ ।  छ हजार १८० सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ । चार हजार ५३४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ ।  चार हजार ४४४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २५४ सङ्क्रमित भएका छन् । यसैबीच ४०१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६०१ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

        कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४, डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७, भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९,  पानामा ६  अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको आज प्राप्त समाचारमा जनाइएको छ । (रासस/एएफपी)

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६