विचार/ब्लग

कोरोना भाइरस जनावरबाट मान्छेमा कसरी स¥यो



बिबिसी– चिनको कुनै इलाकामा एक चमेरोले आकाशमा यताउति गर्ने क्रममा बिष्ट्यायो। त्यो जंगलको जमिनमा पर्‍यो, त्यो विष्टामा कोरोना भाइरस थिए। एक जंगली जनावर सम्भवतः सालकले सुघ्यो र उसको माध्यमबाट बाँकी जंगली जनावरमा पनि फैलियो ।  संक्रमित जनावर मान्छेको सम्पर्कमा आयो र त्यसबाट उक्त मान्छेमा समेत कोरोना सर्‍यो। यसपछि वन्यजन्तु बजारमा काम गर्नेहरुमा कोरोनाको संक्रमण भयो। जुन अहिले विश्वभरि फैलिइसकेको छ। यो कथालाई सावित गर्ने कोशिसमा बैज्ञानिक छन्। उनीहरु जनावरबाट मान्छेमा फैलिएको यकिन गर्न प्रयासरत छन्। 

    जुलोजिकल सोसाइटी अफ लन्डनका प्रोफेसर एन्ड्रयु कनिङगम भन्छन्– कोरोना फैलिएको घटना जासुसी कहानी जस्तो लाग्छ। उनका अनुसार धेरै जंगली जनावर कोरोना भाइरसका स्रोत हुन सक्छन्। तर खासगरी चमेरोमा धेरै संख्यामा कोरोना भाइरस हुन्छन्। ती फरक–फरक खालका हुन्छन्।

तर, हामी यसको संक्रमण वा फैलिने बारेमा कति जानकारी छौं

    युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोनसका अनुसार यो कुराको प्रमाणित छ कि चमेरो पनि कति अवस्थामा बदलिँदै गएको छ। उनी भन्छन्, ुचमेरो पनि बिरामी पर्छ। विभिन्न खालका विषाणुसँग टक्राउँछ। यसमा कुनै शंका छैन, चमेरोमा धेरै खालका जिवाणु पाइन्छन्।ु

    अहिले कुन जनावरले मानवसम्म पुर्यायो भन्ने रहस्यको विषय भएको छ। यो भाइरस चिनको वुहानमा फैलियो। जसको कारण सालक रहेको धेरैको अनुमान छ। पहिलो चरणको अनुसन्धानले यही देखाएको छ। सालक संसारभर धेरै तस्करी हुने जनावर हो। यो लोपोन्मुख प्रजातिमा पर्छ।

    एशियामा यसको सवैभन्दा धेरै माग छ। चिनमा परम्परादेखि नै यसको मासु औषधिका रुपमा प्रयोग हुन्छ। कतिले यसको मासु निकै मीठो मानेर खान्छन्। कोरोना भाइरस सालकमा पनि पाइएको छ।  कतिको दाबी छ–यो नोवेल ह्युमन भाइरससँग मिल्दोजुल्दो छ। प्रश्न उठ्छ– संक्रमण फैलिनु भन्दा पहिले के चमेरो र सालकको विषाणुमा अनुवांशिकी आदान–प्रदान भयोरु

    विशेषज्ञ यसको निष्कर्षमा पुग्न अझै सकिरहेका छन्। सालकमाथि गरिएको अध्ययनको पूरा तथ्यांक अझै सार्वजनिक गरिएको छैन। प्रोफेसर कनिङगम भन्छन्– सालकको पृष्ठभूमि  र त्योसँग जोडिएको खोज अहं हुनसक्छ।

    सालक र अन्य जीवका साथै चमेरोका कति प्रजाति समेत मासु बजारमा विक्री हुन्छन्। यस्तो अवस्थामा यी जिवाणु एक जीवबाट अर्कोमा जाने मौका पाउँछन्। उनी भन्छन्, ुमासु बजार एक जीवबाट अर्को जीवमा जिवाणु फैलाउने सवैभन्दा राम्रो ठाउँ हो । कोरोना फैलिएपछि चिनले यो बजार बन्द गरेको छ। यहाँ एक अर्को सेक्सन थियो, जहाँ जनावरहरु काटेर वा जिउँदै वेचिन्थे। ुद गार्डियनुको रिपोर्टअनुसार वुहानको एक पसलमा  ब्वाँसोका बच्चा बिच्छी, मुसा, लोखर्के, फ्याउरो, कछुवा र गोही पाइन्थे। 

    हालैका वर्षमा विभिन्न प्रकारका विषाणु जनावरबाट मानवमा फैलिए। इबोला, एचआईभी, सार्स  र अहिले कोरोना भाइरस।प्रोफेसर जोनसका अनुसार जंगली जनावरबाट संक्रामक रो फैलिनुले मानको लोभ देखाउँछ। उनी भन्छन्, पूरै दृष्य बदलिएको छ। नयाँ विषाणु जसरी अहिले फैलिरहेका छन्। विगतमा यस्तो कहिल्यै भएको थिएन।  सन् २००२देखि एक वर्ष सार्स कोरोना भाइरस फैलिदा अहिले जस्तै भएको थियो। त्यो बेला पनि जंगली जनावरको बजार अस्थायी रुपमा बन्द गरिएको थियो। 

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६