कपिलवस्तु १३ चैत्र । नेपाल संग सिमा जोडिएका क्षेत्रमा ६१ जना कोरोना संक्रमित फेला परेका छन । भारतको ५ प्रान्त र चिनको तिव्वत संग नेपालको सिमा जोडिएको छ । ति क्षेत्रका १२ जना उपचार पछी घरमा फर्किएका छन भने २ जनाको मृत्यु भएको छ । छिमेक मध्ये सवै भन्दा वढी कोरोना संक्रमण उत्तर प्रदेसमा भएको पाईएको छ ।
भारतिय संचार माध्यमका अनुसार युपीमा अहिले सम्म ४२ जनामा कोरोना संक्रमण भएको फेला परेको छ । संक्रमीत मध्ये ११ जना निको भएर घर फर्किएका छन । यसै गरी छिमेकी प्रान्त पश्चिम वंगालमा ९ जना कोरोना संक्रमण रहेका छन भने १ जनाको मृत्यु भएको छ । उत्तरा खण्डमा ५ जना संक्रमीत फेला परेका छन । यसै गरी विहारमा ४ जना संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ । चिनको तिव्वतमा १ जना कोरोना संक्रमित उपचार पछी निको भएको तथ्यांक आज तकमा प्रकाशित भएको छ ।
प्रतिक्रिया