कपिलवस्तु १४ चैत । प्रेसपाटी अनलाइनले बीहिवार विहानै समाचार लेख्यो — “७५ लाख खर्च गरेर कोरोना परीक्षण ल्याव स्थापना गर्न प्रदेश ५ सरकारले नसकेको हो भने चन्दा उठाएर बनाउन सांसद तयार ।”प्रदेश सांसद विष्णु पन्थीको भनाई कोडगर्दै समाचार प्रकासित भएको थियो ।सोही समाचारमा सांसद पन्थीकै भनाई उदृत गर्दै भनिएको थियो—“प्रदेश ५ सरकार किन यति अनिर्णीत प्रदेश १ले आज (बीहिवार) देखि आफ्नै ल्यावमा कोरोनाको परिक्षण गर्दैछ हामी प्रदेश ५ सरकारले किन निर्णय गर्न सकेनौं ?”
सोही समाचारमा मुख्यमन्त्री शंकर पोख्रेलको फेसबुक स्टाटसमा बीहिवार नै लेखिएको एक स्टाटस पनि उल्लेख थियो —“एसियामा कोरोना भाइरस संक्रमण र निदानको अवस्था भयभित हुने खालको छैन विज्ञहरुले यस सम्वन्धमा उत्पन्न भय हटाउन पहल गर्नु परयो ।” मुख्यमन्त्री पोख्रेलले लेखेको यो स्टाटसले मुख्यमन्त्री नआत्तिएको प्रष्टै देखिन्थ्यो । यता प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन वरालले फेसबुकमा लख्नु भएको थियो —“धन्य छ नेपाल जसका कैयौ सन्तान यस्ताछन् कि नेपाल त के ब्रम्हाण्ड नै थाम्न सक्छन् परिआयो भने ।” मन्त्री बरालले आफूले कोरोना विरुद्धको अभियानको प्रदेशमा पाएको जिम्मालाई ब्रम्हाण्ड थामेको भन्न खोज्नु भएको हो की के हो ? प्रष्ट थिएन । समाचारमा भनिएको थियो उहाले कत्तिको थाम्न सक्नु हुने हो त्यो भविश्यले नै देखाउला ।
अनलाइनमा आएको यो समाचार हेर्ने र पढ्ने धेरैले प्रदेश सरकारको कठोर आलोचना गर्दै प्रतिकृया जनाए । सत्तारुढ दलका सांसदले सरकार अनिर्णीत भएको भनेर टिप्पणी गरेपछि ल्याव स्थापना गर्न सरकारसंग रकम नभए चन्दा उठाएर गर्ने वताएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वभाविक रुपमा दवाव महशुस गर्दै बीहिवार अपरान्ह पत्रकारहरु समक्ष सन्देश प्रवाह गर्नु भयो —“प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय कोरोना परीक्षण केन्द्र (ल्याब) स्थापना गर्ने भएको छ ।” यसोत ल्याब नभएका कारण सामान्य लक्षण देखिएका बिरामी तथा उनका परिवारले हवाइ उडान बन्द भएपछि धेरै दिन तनाव लिनुपर्ने अवस्था आएपछि सरकारले कोरोना परिक्षण केन्द्र स्थापना गर्ने भएको हो ।
भैरहवाको अंचलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भयो । अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनु परेको अवस्थामा कोरोनाका लक्षण मेल खाने विरामीको परीक्षण यही ल्याबमा गरिने मन्त्री बरालले बताउनु भयो ।त्यसैगरी प्रदेश सरकारले भैरहवास्थित भीम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागेको छ ।३० शैयाको जनरल र ५ शैयाको आइसोलेटेडसहित ३५ शैयाको कोरोना उपचार कक्षको रुपमा अस्पताल बनाउन लागिएको भीम अस्पतालले जनाएको छ । कोरोना भाइरसको पोजिटिभ देखिनेहरुको लागि भैरहवाको भीम अस्पतालमा राख्ने तयारी गरिएको हो ।
प्रदेश सरकारको अगुवाईमा भीम अस्पतालमा संक्रमित देखिएका रोगीहरु राख्नको लागि अहिले तयारीलाई तिव्रता दिइएको छ ।प्रदेश ५ मा स्थापना गरिएका कोरोना (बिशेष) अस्पतालमा आइसियू र भेन्टिलेटर सेवा सञ्चालनको प्रयास थालिएको छ । कोरोना भाइरस सतकर्ताका लागि अस्थायी रुपमा तयार गरिएका अस्पतालमा दोस्रो चरणमा यो सेवाको बिस्तार गर्न लागिएको हो । स्वाव परीक्षणपछि स्वास्थ्य रिर्पोट पोजेटिभ आउने बिरामीका लागि लक्षित गरी अस्पतालमा तयारी गरिएको हो ।कोरोनाको शंकास्पद बिरामीको लागि बुटवल धागो कारखानामा ४० बेडको कोरोना बिशेष अस्पताल संचालनमा आइसकेको छ । जहाँ अहिले पाँच जना बिरामी भर्ना छन् ।पहिलो चरणमा लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ज्वरो क्लिनिकमा चेकजाँच गरेपछि चिकित्सकले बिरामीको ग्रेडिङ गरी शंकास्पद बिरामीलाई मात्रै धागो कारखानामा स्थापना भएको कोरोना बिशेष अस्पतालमा लगिने लुम्विनी प्रादेशिक अस्पतालका चिकित्सक तथा फोकल पर्सन डा. सुदर्शन थापाले बताउनु भयो ।
चिकित्सक थापाका अनुसार धागो कारखानामा पनि राख्न नसकिने बिरामीका लागि भैरहवाको भीम अस्पतालमा लगिने व्यवस्था गरिएको छ । भैरहवाको भीम अस्पतालमा भैरहेको निर्माणको सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफंै खटिएर अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।








प्रतिक्रिया