कपिलबस्तु १४ चैत्र । देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको अवस्थामा भाईरस र व्याकटेरियाको संक्रमणबाट हुने रोगबाट बच्नका लागि कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले विषादी छर्ने कार्य शुरु गरेको छ । कपिलवस्तु नगरपािलकाका वडा नं. १ का वडाअध्यक्ष सुदीप पौडेलले आफ्नो नगरलाई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमाविषादीछर्ने कार्य शुरु गरेका हुन् ।
मौसम परिवर्तन सँगै विभिन्न रोग महामारी तथा रोकथाम र उपचारका लागि वडा नं. १ नगरक्षेत्र भित्र सचेचना अभियान संचालन गरि टोल बस्ती, शहरमा अभियान चलाईएको छ । ‘ सचेतना अभियान र नगर भित्र व्यकटेरिया बाट हुने विभिन्न रोगको विषादी छर्ने काम समेत सुरु गरिएको वडाअध्यक्ष पौडेलले बताएका छन् ।
उता मुलुकभ कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा कपिलवस्तु नगरपािलकाका वडा नं. १ ले सर्वप्रथम व्यकटेरिया बाट हुने विभिन्न रोग जस्तै ज्वरो आउनु रुघा खोकी लाग्नु जस्ता रोगलाई नियन्त्रण गर्नका लागि वडामा बिषादी छर्ने कार्य सुरु गरेको वडाअध्यक्ष पौडेलले बताए । साथै वडाअध्यक्ष पौडेलले कपिलबस्तु नगरपालिका का सम्पूर्ण नगर क्षेत्रमा यस सम्बन्धी सचेतना फैलाउने र रोग नियन्त्रणका लागि संचार माध्यमबाट संदेशमुलक सचेतना फैलाउने गरी कार्यक्रम अघि बढाईनु पर्नेमा जोड दिनु भएको छ ।
प्रतिक्रिया