बुटवल १४ चैत्र ।प्रदेश नं. ५ अहिले सम्म कोरोनाको ग्रिनजोनमा रहेको स्वास्थ्य निर्देशक विनोद कुमार गिरीले वताउनु भएको छ । प्रदेशमा अहिले सम्म कोरोना संक्रमण भएको फेला परेको छैन । नेपाल प्रवेश गर्ने करीव २ लाख नागरीकको स्वास्थ्य परिक्षण गरीएको छ । प्रदेश भरी ५५ जना शंकास्पद विमारी भर्ना भएका थिए । जस मध्ये १९ जना अन्य विमारी रहेका थिए । बाकी ३६ जनाको रगतको नमुना लिई कोरोना परीक्षण गरेका थियौ । विहिवार सम्म १७ जनाको रिपोर्ट आएको छ । सवैको कोरोना परिक्षण नेगेटिभ आएको छ । वाकी १९ को रिपोर्ट आउन वाकीं रहेको निर्दैशक गिरीले प्रेसपाटीलाई वताउनु भयो ।
स्वास्थ्य निर्देशनालय वुटवलका तथ्यांक अधिकृत मन वहादुर वलीका अनुसार रगत परिक्षण गरीएका मध्ये १३ जना वांकेवाट ५ जना दांगवाट १ जना भैरहवाबाट र १७ जना लुम्विनी प्रादेशिक अस्पतालबाट रगत परिक्षणका लागी नमुना संकलन गरीएको वलीले वताउनु भयो । संकलित नमुना राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाईएको वताईएको छ ।
प्रदेश भरी ४० बटा हेल्प डेस्क स्थापना भएको छ । हेल्प डेस्कबाट १ लाख ९९ हजार १ सय ३१ जनाको चेक जाँच भएको छ । नेपाल भारत सिमामा रहेका ४० हेल्प डेस्कवाट नेपाल प्रवेस गर्नेको चेक जाँच भएको हो । प्रदेश भरी १९ अस्पतालमा आईसोलेसन वेड तयार गरीएका छन । ति अस्पतालमा कुल ११० वेड रहेका छन ।
प्रदेश सरकारले ४ स्थानमा कोरोना विशेष अस्पतालको रुपमा संचालन गरेको छ । दांगको वेलझुण्डीमा १०० शैया, वुटवल धागो कारखाना १०० शैया, भिम अस्पताल भैरहवा ३० वेड र शशिल कोईराला क्यान्सर अस्पताल वांके मा ५० शैयाको विशेष अस्पताल संचालनमा ल्याएको छ । प्रदेशले कोरोनाको संक्रमण हुन नदिन गम्भिरता पुर्वक काम गरेको प्रदेश नं. ५ सामाजिक विकास समिती सभापती दिर्धनारायण पाण्डेले वताउनु भयो ।
प्रतिक्रिया