एजेन्सी, १५ चैत । बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मासिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृत्यु भएको छ । हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा शर्माको कोरोना भाइरसबाट एक दिनको फरकमा ज्यान गएको हो।
हिथ्रोको टर्मिनल तीनमा कार्यरत शर्माको बुधवार र फार्मासिस्ट छोरी पूजाको बिहिबार निधन भएको थियो ।शर्माको अन्त्येष्टिमा कोही पनि मलामी जान मानेनन् । पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगका पनि पीडित भएको बताइएको छ । पत्रिका द सन का अनुसार उनीहरु बेलायती नागरिक थिए ।
प्रतिक्रिया