कपिलवस्तु १५ चैत्र ।कोरोना कारण सिंगो मुलुक लक डाउन भएका बखत जीविको पार्जनकालागि समस्या भोगि रहेका मजदुरको जीवन रक्षा गर्न कपिलवस्तुका नागरिक संघ सस्थाले साझा अपिल प्रकासित गरेका छन् । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाँई, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे ,पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल ,उद्योग बाणिज्यसंघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले संयुक्त विज्ञप्ती मार्फत कपिलवस्तुका सबै स्थानीय सरकारहरुले अविलम्व मजदुरको जीविको पार्जनमा सघाउने गरी राहत प्याकेज घोषणा गर्न ढिलाई गर्न नहुने स्पष्ट पारेका हुन् ।
नागरिक संघ संस्थाको अपिलसंगै लामो लकडाउनपछि कपिलवस्तुका मजदुरको जीविको पार्जनमा स्थानीय सरकारले के सोचि रहेका छन् भन्ने विषयमा हामीले विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखलाई सोधेका छौं । सोही क्रममा बाणगगामा मेयर मंगल थारुले नगरभित्र खान नपाएर भोकै बस्न नपर्ने ब्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भयो । अवस्था हेरि केहि दिनमा प्याकेज घोषणा गर्ने उहाको भनाइ छ ।यता शिवराजका मेयर नेत्रराज अधिकारीले हरेक वडामा दैनिक काम गरेर खाने मजदुरको सूची तयार भएको र वडाध्यक्षले उनीहरुको अवस्था नियाली रहेकाले आवश्यक परे तत्काल राहत दिने तयारीमा रहेको वताउनु भयो ।
प्रतिक्रिया