कोरोना भाईरस COVID-19 केवल केहि महिना देखि देखापरेको भाईरस हो । त्यसैले वैज्ञानिकहरु यस्को
अनुसन्धानमा लागी रहेका छन । त्यसैले अनुसन्धान वाट दिनदिनै नया कुरा पत्ता लागेको छ। अनुसन्धानबाट खुलेको कुरा हामीले जान्नु पर्ने हुन्छ । यो भाईरस सतहहरूमा नौ दिनसम्म बाँच्न
सक्छ र हावामा केही घण्टा सम्म जीवित रहन्छ । हामीलाई यो पनि थाहा पाउनु पर्छ की छ कि भाइरसको
कणहरू saliva मा रहने गर्दछन र खोक्दा वाहिरीने गर्दछ । यो भाइरस हाम्रो फेसमा समेत बस्न सक्छ ।
सक्रमित व्यक्तिले भाइरसको कणहरू खोकीबाट फैलाउन, अन्य व्यक्तिलाई छोएर वा भाइरसहरूलाई सतहमा छोड्नु
सजिलो छ । निस्सन्देह यसको प्रसार लाई कम गर्न सार्वजनिक ठाउँमा भइसके पछि हात धुनु
महत्वपूर्ण छ । यसलाई हटाउन हामीले हाम्रो
घरमा के गर्न सकिन्छ भनेर यहा हरुलाई जानकारी गराउदछौ ।
हालसालैका गरियका दुई अध्ययनहरूले अन्वेषण गरेका
छन कि कोरोना भाईरस विभिन्न सतहहरूमा कति लामो समयसम्म बाँच्दछन् । अनुसन्धान कोरोना भाईरस र अरु भाईरस विच गरीएको थियो । उनीहरुले यो पनी पत्ता लगाए कि यसको अस्तित्वको समय सतहको
प्रकार अनुसार फरक थियो ।
अनुसन्धानको रिपोर्ट तल प्रस्तुत गरीएको छ ।
दिन सम्म । कागज र कार्डबोर्डमा भाइरस एक दिन मात्र बाच्न सफल भयो ।
यस समयमा भाइरस कणहरूको मात्रा घटाउँदछ , तर यो चिन्ताको विषय
हो कि कणहरू सतहमा घण्टा वा मिनेट भन्दा दिनको लागि रहन सक्छ। त्यसो भए,
SARS-CoV-2 ( कोरोना भाईरस ) मार्दा तपाईंको घरमा
भएका सफा गर्ने साधन कतीको प्रभाव कारी छन ? तलको सूचिमा त्यहाँ केही राम्रो समाचार छ ।
साबुन र पानी :
साबुन र पानी सतहबाट भाइरस हटाउनको लागि तपाइँको रक्षाको पहिलो रेखा हो । साबुनले भाइरसको खोलमा भएका फ्याटहरूमा हस्तक्षेप गर्दछ र
भाइरसलाई सतहबाट उचाल्छ र यसलाई पानीले धुन्छ। तपाईले आफ्ना हातहरू पसलबाट आउदा
र जे खादा पनी धुनु पर्छ ।
ब्लीच :
ब्लीचमा सोडियम
हाइपोक्लोराइट हुने हुदा यो भाइरसलाई मार्न धेरै प्रभावकारी छ । निश्चित गर्नुहोस्
कि तपाईंले ब्लीचलाई १० देखी १५ मिनेटका सतह मा छोड्नु होस अनी सफा कपडाले पुछनु होस । ब्लीचले प्रोटीनलाई नष्ट गरेर मार्छ (जुन भाइरसको राइबोन्यूक्लिक एसिड (आरएनए) भनेर चिनिन्छ) यो यस्तो पदार्थ हो जुन तपाईं स्क्रमित हुँदा अरू भाइरस कणहरू बनाउन ठुलो भुमीका खेल्छ । ब्लीच
प्रयोग गर्दा बोतलमा निर्देशन अनुसार प्रयोग गर्नुहोस्।
सर्जीकल स्प्रिट :
सर्जीकल स्प्रिट मदिरा इथेनोलबाट बनेको हुन्छ। सर्जीकल स्प्रिटले ३० सेकेन्ड
भन्दा कम समयमा कोरोना भाइरस मार्न सकेको पाईएको छ ।
ब्लीचले जस्तो, सर्जीकल स्प्रिटले भाइरसको प्रोटीन र आरएनए नष्ट गर्दछ।
केहि ओसिलो कपडामा सर्जीकल स्प्रिट राख्नु होस अनी
हातले रगडी सतहलाई सफा गर्नु होस । यो आफै वाफ वनी उडछ र यसलाई फेरी सफा गर्नु आवश्यक पर्दैन।
वाइप :
बेन्जालकोनिम क्लोराइड मिसिएको कारण सर्फेस वाईपस एक एन्टीसेप्टीप हो । वाइपहरूले कीटाणुहरू हटाउने काम गर्दछ । जब तपाईं तिनीहरूलाई प्रयोग
गर्नु हुँदा कीटाणुहरू टासीएर टासीएर आउने गर्दछन ।
वाइपले सतहमा एन्टिसेप्टिकको एक तह छोड्दछन् जसले कीटाणुहरूलाई मार्ने कार्य गर्दछ। न्टिसेप्टिकले
ब्याक्टेरिया र मुसा र कुकुरहरूमा स्क्रमित कोरोनाभाइरसमा
राम्रोसँग काम गर्दछ – तर यसले मानव कोरोनाभाइरसको प्रसारमा कुनै फरक पार्दैन
जस्तो देखिन्छ । एन्टिसेप्टिक्सले मानव
कोरोनाभाइरस मार्ने हालसम्म कुनै प्रमाण फेला
परेको छैन ।
सेनिटाइटरहरू :
सेनिटाइटरहरूमा कोरोना भाईरस लाई मार्न सक्ने मुख्य
घटक ईथेनोल सर्जीकल स्प्रिट हो
सेनिटाइसरमा सर्जीकल स्प्रिट को भाग 70०% भन्दा बढी हुनुपर्दछ । त्यो भन्दा कम भए भाइरसलाई प्रभावकारी रूपमा मार्दैन।
तपाईले गर्न सक्ने एउटा कुरा तपाईले नियमित रुपमा एकै स्थानमा समय बिताउनु हो । संक्रमित व्यक्तिले हजारौं साना बुँदाहरू भाईरस उत्पादन गर्छन । खोकीको माध्यमवाट उनीहरुले भाईरस सार्दछन । भाईरस तीन घण्टा सम्म हावामा बाँच्न सक्छ। त्यसैले झ्याल खोल्दा हावाको माध्यमवाट ति
कणहरुलाई हटाउन सकिन्छ । कणकम भएपछी भाईरस को संक्रमण हुने संभावना कम हुन्छ । जसले
अरूहरूको लागि संक्रमणको जोखिम कम गर्दछ।
Shobana Dissanayeke , Senior Lecturer, Biological Sciences, Royal Holloway
TheConservation.com बाट उल्था गरीएको यो लेखको सक्कल संस्करणको लिंक यहा प्रस्तुत गरीएको छ ।
प्रतिक्रिया