पहिले उनीहरू,कम्युनिष्टलाई खोज्दै आए,म चुप रहें ,किनभने म कम्युनिस्ट थिइनँ,त्यसपछि उनीहरू यहुदीलाई खोज्दै आए ,म चुप रहें ,किनभने म यहुदी थिइनँ,त्यसपछि उनीहरू क्याथोलिकलाई खोज्दैआए ,म चुप रहें ,किनभने म प्रोटेस्टेन्ट थिएँत्यसपछि उनीहरू मलाई नै खोज्दै आए ,मेरो लागि बोलिदिने कोही थएन यो भनाइ मार्टिन निमोलरको हो । नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने यो कविता अंश निकै मार्मिक छ ।
सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ ।किनभने, हिजो देशलाई बिकृति र बेथितिको दलदलमा पु(याउनेहरूको दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेको छ । तिनले भ्रष्टाचारको कथा आफै लेख्छन्, आरोप आफैले लगाउछन्, भ्रष्टाचारी आफैले करार गर्छन् र रिस उठ्नासाथ त्यस्तो पगरी लगाइदिन्छन् ।आफ्नो रजगज गुमेकोमा असैह्य छटपटी छ, किनभने लामो समयदेखिको हालीमुहाली अहिले चलेको छैन । मुठ्ठीभरको स्वर्गमा तनाव छ । र, यो दुश्चक्र जारी छ ।अनि शिकार खेल्ने उपक्रम चलिरहेको छ । योग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशालाग्दा व्यक्तिहरूविरूद्द ।रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेको तथाकथित वाइडबडीको प्रपंचमा बदनाम गर्न लखेटियो, उहाँलाईदजीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे ।
गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूठ( डीप फेक) को प्रपंच रचे र निशाना बनाइनुभयो । गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारको कृत्रिम संकटको लखेटाइमा परेर पनि डा .युवराज खतिवडा बल्लबल्ल जोगिनुभएको छ । तर, निशाना निरन्तर सोझिरहेकै छ ।योगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै योग्यता र पौरखमा नर्सिङ काउन्सिलको रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्द जालसाजी गर्ने अपराधिक प्रयाश भयो, तर त्यस नियोजित कृत्यको कुनै पार चलेन ।
अहिले कोरोना महामारीविरूद्द अहोरात्र खटिरहनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएको छस हिजो अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेकाहरूको शहरमा कोलाहल छ ।तिनीहरू एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन् । जो हो कि जस्तो सुनिन्छ
अर्को दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ रु सरकारले सारा व्यवस्था गर्नुपर्दैन रु भन्दै उफ्रन्छन् ।तेस्रो दिन अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किदा तेर्साइएको क्यामेरासँग नबोलेर पाहुना आएका हुनाले हतारमा छु भनेको एउटा अंश टिपेर हुर्मत लिन्छन् । जबकि जहाँ पायो त्यहाँ बोल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन । नो बाइट भन्न मज्जाले पाइन्छ । चौथो दिन स्वास्थ्य सामग्री नल्याउने रु भनी तिनैले आगो बाल्छन् ।पाँचौ दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन् ( २० करोड भ्रष्ट्राचार भनेर ) कठै तिम्रो मनोदशा कति दयनीय हर्कत ?सबै तिमीहरूजस्तै त होइनन् र पक्कै त्यस्ता छैनन् नै ।काँक्रो चोरेर आफूले खाने, अनि बियाँ अरूको गालामा टाँसिदिएर दोष लगाइदिने र बदनाम गर्ने ?
फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेकोूजस्तै छ यो दुष्टता र पाखण्डीपन ।यति ठूलो राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्रो जालझेल ।यस्तो नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे यो षडयन्त्र र घेरा हालेर अप्ठेरोमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ ।अहिले आफूबाहेक अरू, सरकार संचालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हो भनेर खुच्चिङ कसैले नगरे हुन्छ। यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पोष्ट गरिरहेको छ । जनताले निगरानी सबैको गरेका छन् ।
खासमा यो व्यक्तिविशेषभन्दा नेकपामाथिको गजेटेड दलाल र भ्रष्टहरूको हमला हो । त्यसैले कसैले पनि पानीमाथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चो मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा मौन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ । सत्यसँग त कसैको कुनै लडाई आवश्यक छैन, झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन ।
यस्तो सद्बुद्दि हरेकमा बेलैमा आउन जरूरी छ ।अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि होस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बोलिदिने कोही रहनेछैन ।@facebook.com/surya.thapa
प्रतिक्रिया