एजेन्सी, १७ चैत । कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ । विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ३४ हजार नजिक पुगेको छ । त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ ।
अमेरिकामा आइतबार १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ ।
प्रतिक्रिया