प्रदेश

बाणगंगामा कारोना बिपद ब्यवस्थापनकालागि १९ लाखको कोष स्थापना , सहकार्यका हात बढाउन तयार रहेको नागरिक संघ सस्थाको प्रतिवद्धता



कपिलवस्तु १७ चैत्र । विश्वब्यापी रुपमा देखा परेको कोरोना भाईरसको संत्रासका बीच जारी लकडाउनमा श्रमजीवी मजदुरलाई राहत दिन,स्वास्थ्य समस्या देखापरेका नागरिकलाई क्वारेण्टाइन राख्न एवम थप उपचार आबश्यक परे वाहिर पठाउन एम्बुलेन्स परिचालन गर्न वाणगंगा नगरपालिकाले १९ लाखको विपत ब्यवस्थापन कोष स्थापना गरेकोछ । कोषमा थप रकम संकलन गर्न र विपतको बेला सूचना र  समन्वय प्रभावकारी तुल्याउन नगरले पालिका भित्र रहेका नागरिक समाजका संघसस्थासंग परामर्श गर्न राखेको बैठकमा बोल्दै  प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले हाल १९ लाख कोषमा राखिएको स्पष्ट पार्दै आवश्यक परे जतिपनि रकम खर्च गरिने वताउनु भयो । 

बाणगंगाका ७ वटा वडामा स्थापना भएको क्वारेण्टाइनमा हाल ३५ वटा बेड रहेको वताउदै थप ५० बेड ब्यवस्था गरिएकाले नगरले कुल ८५ बेड क्षमताका क्वारेण्टाइन छिट्टै संचालनमा ल्याउने  उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । पिपरा अस्पतालमा आईसियू सहितको २ बेडको आइसोलेसन वार्ड स्थापना भएको वताउदै मेयर मंगल प्रसाद थारुले बाणगंगाले क्वारेण्टाइन स्थापना गरेपनि आममसंचार माध्ययमा जिल्ला प्रशासनको हवला दिदै क्वारेण्टाइन नभएको समाचार आएकोले दुखी बनाएको तर्क गर्नु भयो। 

  सो अवसरमा उद्योग  वाणींज्यसंघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले कालो वजारी हुन नदिने गरि ब्यवस्था मिलाइएको वताउनु भयो । उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष एवम पत्रकार महासंघका पूर्व अध्यक्ष  भेषराज पाण्डेले उपभोक्ताले लकडाउनका वेला अत्यावश्यक वस्तु सहजै पाउने ब्यवस्था हुनु पर्ने औल्याउनु भयो । विपद ब्यवस्थापनाकालागि आयोजित छलफमा नेकपाका नगर अध्यक्ष शंकर पाण्डे , कांग्रेसका नगर अध्यक्ष विष्णु  थापा ,जेसिजका अध्यक्ष मनोज कुमार क्षेत्रीले समेत नगरसंग सहकार्यका हात बढाउन तयार भएको जानकारी दिनु भएको  थियो । 

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६