कपिलवस्तु १७ चैत्र । कपिलवस्तुको वाणगंगा ३ राजापानी नजिकका एकजनालाई कोरोना भाइरसको आसंका गर्दै बुटवल रिफर गरिएको छ । चैत्र ४ गते भारतको मुम्बईबाट घर आएका एक ब्यक्तिलाई उनकै घरको क्वारेण्टाइमा राखिएकोमा उच्च ज्वरो आएपछि पिपरा अस्पत्ताल पुराइएको थियो । अस्पत्तालले थप उपचारको आवश्यकता देखेपछि नगरपालिकाले एम्वुलेन्स ब्यवस्था गरेर स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलकोे समन्वयमा बुटवल पठाएको उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । बुटवल धागो कारखानामा निर्माण भएको अस्थाई कोरोना उपचार अस्पत्तालमा उनलाई पुराएर एम्वुलेन्स फर्केको र अस्पत्तालले घर परिवारका कुनै एकजना खोजेकोले उहाको श्रीमतिलाई पनि एम्बुलेन्सवाट पठाउने ब्यवस्था मिलाइएको उपमेयर अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
३ दिन अघि स्थानीयले गरको खवरका आधारमा विरामीका घरमा पुगेर होम क्वारेण्टाइनमा कडाईका साथ बस्न लगाएर आएको समेत उपमेयर अर्यालकोे भनाइछ । केही दिन देखि उनमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिए पछि सोमबार अपरान्ह पिपरा अस्पतालमा उपचारका लागि पुराइएको थियो । छिमेकी समेत रहेका स्थानीय गोपालमणि ज्ञवालीले अस्पत्तालले बुटवलकालागि रिफर गरेपछि नगरपालिकाको प्रबन्धमा बुटवल पठाइएको वताउदै गंगौलिया र राजापानी क्षेत्रमा भारतवाट आएका अन्य ब्यक्तिपनि रहेकाले उनीहरुलाई नगरको क्वारेण्टाइनमा स्थानान्तरण गर्न उहाले माग गर्नु भयो । कोरोनासंग मेलखाने लक्षण देखिए पछि उनलाई थप उपचारका लागि वुटवल पठाइएको अस्पत्तालकी डा. रंजिता कुमारी गुप्ताले जानकारी दिनु भयो ।विरामीको अवस्था यहा राख्न नसक्ने देखेपछि पाठएका होै उहाले भन्नु भयो ।
प्रतिक्रिया