एजेन्सी, १८ चैत । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या विश्भर गरी ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांङ्कमा मंगलबार बिहान ७ बजेसम्म विश्वभर ३७ हजार ६ सय ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको उल्लेख छ । कोरोना भाइरसको कारणले इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ । इटालीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसेका छन्। इटालीमा एकै दिनमा ८ सय १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इटालीमा संक्रमितको संख्या एक लाख १ हजार ७ सय ३९ पुगेको छ। स्पेनमा ७ हजार ७ सय १६ जनाको मुत्यु भएको छ।
चीनमा ३ हजार ३ सय ५ जना, फ्रान्समा ३ हजार २४ जना, इरानमा २ हजार ७ सय १६ जना, अमेरिमा ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ भने विश्वभर ७ लाख ८४ हजार ३ सय १४ जनाको कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन् । उनीहरु अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् । २४ घण्टामा संसरभरी ३ हजार ७ सय १५ जनाको मुत्यु भएको छ ।
प्रतिक्रिया