ब्रेकिंग न्युज

९८ डिग्री तापक्रम भएकालाई चेकजाच नगरि कोरोना अस्पत्ताल पठाइएपछि फिर्ता, पिपरा अस्पत्तालद्धारा गल्ती स्वीकार, अव आइन्दा रिफर गर्दा नगरका हाकिमको रोहवर अनिवार्य


१८ चैत्र २०७६, मंगलबार


कपिलवस्तु १७ चैत्र  । कपिलवस्तुको वाणगंगा ३ राजापानी नजिकका  एकजनालाई कोरोना भाइरसको आसंका गर्दै  बुटवल रिफर गरिएपछि कोरोना विशेष अस्पत्तालले  फिर्ता पठाएको छ । सामान्य रुघाखोकी लागेका विरामीलाई पिपरा अस्पत्तालले चेकजाँच नै नगरी रिफर गरेकाले यस्तो स्थिती आएको हो । कोरोना विशेष अस्पत्तालको गेटवाट भित्र प्रबेश गरेपछि ज्वरो नाप्दा ९८ डिग्री मात्र पाइएपछि अस्पत्तालले प्रादेशीक अस्पत्ताल बुटवल जान भनेको थियो । प्रादेशीक अस्पत्ताल बुटवलले पनि सामान्य चेकजाँच गर्दा भर्ना गर्नु पर्ने कुनै कारण देखा नपरेपछि घर जान र आरामपूर्वक होम क्वारेण्टाइनमा बस्न भन्दै पठाएको थियो ।

        यता उनलाई लिएर गएको एम्वुलेन्स फर्कि सकेकाले उनी हिडेरै कपिलवस्तु आएका थिए । पिपरा अस्पत्तालमा उनी आज विहान आइपुगेपछि होहल्ला भयो । स्थानीयले उनलाई प्रहरीमा बुझाउन खोजे । यसैबीच बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी अस्पत्तालमा पुगेर पुन चेकजाँच गर्न लगाउदा ज्वरो (तापक्रम) ९८ डिग्री मात्र पाइएपछि अस्पत्तालले सामान्य  रुघाखोकीको औषधी दिएर घर जान भनेको थियो ।

    तर घरमा जादा स्थानीयहरुमा शंका हुने भएपछि उनलाई वाणगंगा वडा नं ३ ले भक्तौलीमा रहेको क्वारेण्टाइनमा राखिएको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो ।  चैत्र ४ गते भारतको मुम्बईबाट घर आएका  एक ब्यक्तिलाई उनकै घरको क्वारेण्टाइमा राखिएकोमा रुघाखोकी लागेपछि नजिकको मेडिकलमा औषधी माग्न गएका थिए । मेडिकलमा उनले औषधी लिदै गर्दा स्थानीयले  पिपरा जान दावाव दिए भने अस्पत्तालमा फोन गरेर कोरोनाको विरामी आएको जानकारी दिए ।

    अस्पत्तालले उनलाई चेकजाँच गर्ने भन्दा पनि नाम सोधेर रिफर पत्र दियो र एम्वुलेन्समा राखेर बुटवल पठाइदियो । अस्पत्तालकी डा. रंजिता कुमारी गुप्ताले चेकजाँच विना बुटवल पठाइनु त्रुटी भएको वाणगंगा नगरका पदाधिकारीसंग स्वीकार गर्नु भएकोछ ।  नगरका उप प्रमुख चक्रपाणी अर्यालले तपाईले यो गल्ती गर्नु भयो भनेर आगामी दिनमा यस्तो नगर्नु त्यो स्वीकार्य हुने छैन भनेको वताउनु भयो ।डा. गुप्ताको मोवाइल नम्वर ९८४४३१३५८६ मा संकर्प गर्दा उहाको फोन  अफ थियो । त्यसैले चेकजाँच नै नगरी कोरोनाको विरामी भनेर बुटवल पठाउदा एकातिर समय बर्वाद ,अर्काेतिर स्थानीयमा त्रास र स्वमय विरामी भनिएकालाई बुटवलवाट हिडेर फर्कनु पर्ने अवस्था आएको छ ।

     जिम्मेवार निकायको गैर जिम्मेवारी पनको असल उदाहरण पिपरा अस्पत्तालले देखाएकोछ । यो संगै अव उप्रान्त कुनैपनि  विरामीलाई बुटवल रिफर गर्नु पर्ने भएमा आफ्नो रोहवरमा मात्र रिफर पत्र लेख्ने निर्देशन दिएको बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वताउनु भएकोछ ।  

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे