एजेन्सी, १९ चैत । विश्व भर महमारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) अझ तीव्र रूपमा फैलिएको छ । एकै दिन करिब ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यससँगै भाइरस संक्रमित संख्या ८ लाख ५५ हजार ७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकमा भने यो संख्या ७ लाख ५४ हजार ९४८ उल्लेख छ ।
यसैगरी भाइरस संक्रमणबाट मर्नेको संख्या ४२ हजार ३२ पुगेको छ । गत २४ घण्टाभित्र थप ४ हजार ३१६ को मृत्यु भएको हो। मृत्यु हुनेमा सबभन्दा बढी इटालीमा ८३७ रहेका छन् भने स्पेनमा ७४८ को ज्यान गएको छ। त्यस्तै अमेरिकामा एकै दिन ७०९ को मृत्यु भएको छ । चीनमा कोरोनाका नयाँ संक्रमण भेटिएको छैन। साथै कुनै पनि संक्रमितको गत २४ घण्टाभित्र मृत्यु भएको छैन ।
कुन देशमा कति संकमित, मृत्यु र निको भए
अमेरिकामा संक्रमित १,८६,२६५ र मृत्यु ३,८५७ त्यस्तै निको भएका ६,९६३ छन् । इटालीमा संक्रमित १,०५,७९२ र मृत्यु १२,४२८ त्यस्तै निको भएका १५,७२९छन् । स्पेनमा संक्रमित ९५,९२३ र मृत्यु ८,४६४ त्यस्तै निको भएका १९,२५९ छन् । चीनमा संक्रमित ८२,२७८ र मृत्यु ३,३०९ त्यस्तै निको ७६,२०६ भएका छन् । जर्मनीमा संक्रमित ७१,६९० र मृत्यु ७७४ त्यस्तै निको १६,१०० भएका छन् । फ्रान्स संक्रमित ५२,८२७ र मृत्यु ३,५३२ त्यस्तै निको ९,५१३ भएका छन् । इरान संक्रमित ४४,६०५ र मृत्यु २,८९८ त्यस्तै निको १४,६५६ भएका छन् । बेलायत संक्रमित २५,४७९ र मृत्यु १,७९३ त्यस्तै निको १७९ भएका छन् । स्वीजरल्यान्ड संक्रमित १६,६०५र मृत्यु ४३३ निको १,८२३ भएका छन् । टर्की संक्रमित १३,५३१ र मृत्यु २१४ निको २४३ भएका छन् । बेल्जियम संक्रमित १२,७७५ र मृत्यु ७०५ निको १,६९६ भएका छन् । नेदरल्याण्डसंक्रमित १२,६६७ र मृत्यु १,०४० निको २५३ भएका छन् । अष्ट्रेलिया संक्रमित १०,१८० र मृत्यु १२८ त्यस्तै निको १,०९५ भएका छन् । दक्षिण कोरिया संक्रमित ९,७८६ र मृत्यु १६२ त्यस्तै निको ५,४०८ भएका छन् । भारत संक्रमित १,३९७ र मृत्यु ३५ त्यस्तै निको १२३ भएका छन् । नेपाल संक्रमित ५ मृत्यु कसैको पनि भएको छैन भने १ जना निको भएका छन् । (स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय)
प्रतिक्रिया