एजेन्सी, १९ चैत । अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा चीनलाई उछिनेको छ । यससँगै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुने’ बताउनु भएको छ । अमेरिका अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको ट्रप्पले बताउनु भएको छ । ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ।
ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको बताउनुभयो । तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ धारणा राख्नुभयो ।
प्रतिक्रिया